/  Mon, December 17, 2018

२ दर्जन टोलीसँग वार्ता गरेको सरकारले विप्लवसँग गर्न सकेन

काठमाडाैं । सरकार वा व्यवस्थाविरुद्ध भन्दै हिंसात्मक र अन्य गतिविधिमा संलग्न राजनीतिक दल वा समूहहरूलाई संविधानको दायराभित्र ल्याउने जिम्मा पाएको सरकारी वार्ता टोलीले झन्डै २ दर्जन समूहसँग पहिलो चरणको वार्ता गरेको छ ।

ती वार्ता सकारात्मक रूपमा अगाडि बढेको सरकारी पक्षको भनाइ छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि वार्ताका वातावरण बनेको उक्त वार्ता टोलीका संयोजकको दाबी छ । तर त्यो दलका एक नेताले वार्ताका निम्ति सरकारी प्रयास अझै अपुग भएको प्रतिक्रिया दिएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग विभिन्न चरणमा अनौपचारिक वार्ता गरेको बताएपनि सरकारी वार्ता टोलीले अझैसम्म त्यो दलका नेतालाई वार्ताको औपचारिक पत्र पठाउन सकेको छैन ।

वार्ताका निम्ति त्यो समूहले राखेका पूर्वसर्तहरूमध्ये थुनामा रहेका उनीहरूका केन्द्रीय र स्थायी समितिका गरी ७ जना सदस्यलाई रिहा गरिसकिएकोले अब वातावरण सकारात्मक बन्नुपर्ने वार्ता टोलीका सदस्यहरू बताउँछन् ।

सरकारी वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डेले भने, ‘हामीले उहाँको पोलिटब्युरो, स्थायी समिति र केन्द्रीय समितिका गरी सात जनालाई सरकारसँगको छलफल पछि मुक्त गर्‍यौँ । त्यसपछि वार्ताको वातावरण बन्दै गएको छ ।’

विप्लव नेतृत्वको समूहले भने वार्तामा बस्नु अगाडि सरकारले उनीहरूको पार्टीलाई हेर्ने दृष्टिकोणबारे स्पष्ट धारणा राख्नुपर्ने र राजनीतिक दलको रुपमा विना अवरोध गतिविधि गर्न पाउनुपर्ने सर्त अगाडि सारेको छ ।

आफ्ना कार्यकर्ता मुक्त गरिनुलाई सकारात्मक पहल मानेपनि नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली वार्ता गर्न सरकारले अझै थुप्रै काम गर्न बाँकी रहेको बताउँछन् ।

उनले भने, “पार्टीका केन्द्रीय सदस्य चन्द्र हादुर खड्कालाई रिहा गरेको छैन । धेरै साथीहरूलाई यातना दिइएको छ । यी समस्याहरूको समाधान प्रक्रियामा जाने वातावरण सरकारले बनाउन सक्छ कि सक्दैन, त्यसमा वार्ता गर्ने वा नगर्ने भन्ने विषयको टुड्गो लाग्नेछ ।’

सरकारी वार्ता टोलीले विभिन्न पुराना र पाँच नयाँ समूहसँग पहिलो चरणको वार्ता गरिसकेको जनाएको छ । ती मध्ये केही समूहले आफ्नो कार्यकर्तालाई रिहा गर्नुपर्ने प्रस्ताव राखेको संयोजक पाण्डेले बताए । उनका अनुसार बाहिर रहेका समूहहरूलाई संविधानको दायराभित्र ल्याउने हो भने सरकारले ठूलै निर्णय लिन आवश्यक पर्छ । वार्ता टोलीले तराईमा सक्रिय सिके राउतको समूहसँग भने वार्ता नगर्ने जनाइसकेको छ ।

अशोज २५ गते, २०७५ - १२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिसोसँगै हुम्ला फेरिँदै, चिसो छल्न जिल्ला बाहिर जाँदै

हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा...   
घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) घ्याङलेख गाउँपालिकाका ५ वटै वडामा नेकपा वडा कमिटी गठन...   
कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भारतीय कंग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ...   
अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले...   
मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

न्युयाेर्क । मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि...   

एउटा कोठामा चार वटा कक्षा सञ्चालन

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने...   
कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

नयाँदिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी...   
यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

अलौकिक शक्ति भएका मानिसहरु ‘कमिक्स’ र वैज्ञानिक आख्यानका विषयवस्तु हुन्। तर केही मानिसहरूसँग...   

पाल्पा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा बिहीबार राति भएको जिप दुर्घटनामा मृत्यु...   

नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top