/  Sat, February 23, 2019

अमेरिकामा खतरनाक अाँधी, यसरी मच्चायो विध्वंस

अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।

ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा बाढीको खतरा बढेको छ।

आँधीको शक्ति मापन गरिने मापदण्ड अनुसार निकै शक्तिशाली क्याटगोरी फोरमा राखिएको उक्त माइकल नाम दिइएको आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।

आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।

लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान भनिए पनि कैयौँ गएनन्।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिएका छन्।

उनले हाल घरमै रहिरहेका मानिसहरूलाई अब भने बाहिर ननिस्कन भनेका छन्।

स्कूल तथा राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन्।

फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गरेको छ। छेउछाउका एलाबामा तथा जोर्जिया राज्यले पनि त्यस्तै स्थितिको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा राखिएका दृश्यहरूमा बाढी तथा हुरीले निम्त्याएका विनाशका तस्विर देखिन्छन्।

संघीय प्रकोप व्यवस्थापन निकायका निर्देशक ब्रक लङ्गले राष्ट्रपतिलाई उनी खासगरि सन् २००१ भन्दा अगाडि निर्माण गरिएका भवनहरूप्रति चिन्तित रहेको बताए किनकी तिनले क्याटगोरी थ्री वा ज्यादा शक्तिशाली आँधी थेग्न सक्दैनन्।

यसबीच भारतको पूर्वी राज्य उडिसामा तितली नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेको भन्दै अधिकारीहरूले तटीय क्षेत्रका तीन लाख मानिसलाई त्यहाँबाट अन्यत्र सारेका छन्। बीबीसी

अशोज २५ गते, २०७५ - १०:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘२४ घण्टामा ३० पटक झुट बोल्छन् महिला’

‘२४ घण्टामा ३० पटक झुट बोल्छन् महिला’

धेरै मानिसहरुले झुट बोल्नु नराम्रो भन्छन् तर कहिलेकाँही राम्रो प्रयोजनका लागि बोलिने झुटलाई स्विकार...   

नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...   

गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती

काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...   

सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?

काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...   
‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म  : कसले के भने ?

‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   
पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन्  पशुपति शर्माको विवादित गितका शब्द !

पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   

मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ

एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...   

एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top