/  Sun, October 21, 2018

बुद्ध भारतमा जन्मिएको भन्दै कपिलवस्तुकै सांसद प्रचार गर्दै

कपिलवस्तु। प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद शाह विशिष्ट अतिथि थिए । कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

कपिलवस्तुवासीको विरोध

कपिलवस्तुवासीले सामाजिक संजालमा सांसद शाहको चर्को विरोध गरेका छन् । ‘नेपालकै सांसदले बुद्ध जन्मस्थल भारत हो भनेपछि अरू के नै बाँकी रह्यो र, अझ कपिलवस्तुकै सांसद,’ जनार्दन पाण्डेले संजालमा लेखेका छन् ।

बुद्धबारे गलत सन्देश प्रचार गर्न आयोजित कार्यक्रममा उपस्थित शाहले परराष्ट्र मन्त्रालय र संघीय संसद्बाट पनि अनुमति लिएका थिएनन् । ‘नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन्, सिमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैँ कार्यक्रममा जान कूटनीतिक मर्यादासम्म नजान्ने केको सांसद ?’ स्थानीय युवा शिव बन्जाडेले भने ।

अशोज २५ गते, २०७५ - ०९:२४ मा प्रकाशित
चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

कपिलबस्तु । प्रदेश ५ को मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको कपिलबस्तुको जगदिशपुर तालमा डुङ्गा संचालन...   
टीकाको आज दोस्रो दिन , टीका र जमरा लगाउने क्रम जारी

टीकाको आज दोस्रो दिन , टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । विजया दशमी अर्थात् टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने...   
भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

काठमाडौं । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा दुई वटा रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु...   
जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले ३ लाख १० हजार नगद रुपैयाँ सहित २२ जना जुवाडे पक्रेको छ । जिल्लाका...   

आज विजयादशमी , मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै

काठमाडौँ ।  आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक...   

दशैंको दिन बालुवाटार पुगेका पत्रकारलाई प्रधानमन्त्रीको दक्षिणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको दिन टिका थाप्न बालुवाटार पुगेका पत्रकारलाई पनि टिका...   
अंगरक्षकद्धारा गोली हानी प्रहरी प्रमुखको हत्या

अंगरक्षकद्धारा गोली हानी प्रहरी प्रमुखको हत्या

काठमाडौं । अफगानिस्तानमा एक प्रहरी प्रमुखको आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । कान्दाहार...   
आमाको हातबाट टिका लगाईन् राष्ट्रपति भण्डारीले

आमाको हातबाट टिका लगाईन् राष्ट्रपति भण्डारीले

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टिका लगाएकी छन् । राष्ट्रपति...   
बाबुरामले बुवाको हातबाट टिका ग्रहण गरे

बाबुरामले बुवाको हातबाट टिका ग्रहण गरे

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ८९ बर्षीय पिता...   

चितवनमा बस दुर्घटना , तीनको मृत्यु ,२३ जना घाईते

चितवन ।  इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top