Khabar Dabali Logo
  June 24, Mon

विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ ।

विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए । च्यासल युथ क्लबले आज लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।“राष्ट्रिय फुटबल टोलीका स्टार विमलले कप्तानको जिम्मेवारीसहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको छ”–क्लबका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भने । चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् ।

विमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए । रासस

अशोज २४ गते, २०७५ - १४:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री...   

नेकपाको सचिवालय बैठक आज : १३ महिना थन्किएको दस्तावेजमाथि छलफल हुने

काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन...   
सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व सम्पादक एंव पत्रकार सुधिर शर्माले प्रधानमन्त्री केपी शर्मा ओली...   
तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका...   

को हुन् कूटनीतिका पिता चाणक्य ? पढौं चाणक्यको सनसनीपूर्ण जीवनी

काठमाडौं । राजनीतिमा के मात्रै हुँदैन ? पद र शक्तिको लागि आफ्ना दाजुभाइ समेत नभनिने राजनीतिमा आचार्य...   
यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ ।...   

के होला फैसला ? लोकसेवाको विज्ञापनविरुद्ध दायर ४ वटै निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । लोकसेवा विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सुनुवाइ हुने भएको छ। मंगलबार लोकसेवा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top