/  Thu, December 13, 2018

जन्मेको छ महिनासम्म तन्दुरुस्त मनोज छब्बीस वर्षदेखि ओछ्यानमै

कञ्चनपुर। जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान प¥यो ।”

आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भने, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उनले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् ।

छिमेकीले वैद्य लगाएपछि रोग निको हुन्छ भनेपछि उहाँले छ महीना वैद्यद्वारा झारफुकसमेत गरे पनि रोग निको भएको छैन । शरीरको तल्लो भाग पुरै सुक्दै गएको छ, उनले भने, “हिँडडुल त परको कुरा बस्नसमेत नसक्ने भएको छ । सानै छँदा ओछ्यान परेपछि बोल्नसमेत सक्दैन ।”

आर्थिक अवस्थाले भ्याएसम्म उनले काठमाडौँदेखि भारतको नयाँदिल्लीसम्म छोरालाई बोकेर चिकित्सकलाई देखाए पनि रोग निको भएन । दुई दशक काटेको छोरालाई शरीर नुहाउनेदेखि दिसापिसाबसमेत भक्तबहादुरले आफैं सफा गर्नुपरेको छ ।

चार छोरा र चार छोरीका बुवा भक्तबहादुरका मनोज सबैभन्दा कान्छा छोरा हुन् ।
छोराबुहारीले अहिले मनोजलाई ओछ्यानमा सुताउने, खाना खुवाउनेलगायतका काममा सहयोग पु¥याउँदै आएका छन् ।

कसैले पोलियो लागेको भन्छन् त कसैले प्यारालाइसिस भयो भन्छन् । रोग के लागेको हो यकिन छैन, रोग ठम्याउन नसक्दा उपचारसमेत हुन नपाएको उहाँले दुःखेसो पोखे ।

उनले भने, “उपचार खर्च पाए राम्रो अस्पतालमा जचाउन पाए रोग निको पो हुथ्यो कि । मनमा उपचार गराउन नपाउँदाको चिसो पसेको छ । त्यसलाई मेटाउन सकिएको छैन ।”

“२६ वर्षदेखि ओछ्यानमै सुतेकै सुतेको छ । हामीजस्तै हिँडेको, कुरा गरेको देख्ने मन छ । कुन दैवले ठिक गरिदेला । अझै हिँड्छ, बोल्छ भन्ने आशा जीवितै छ”, उनले भने ।

अशोज २४ गते, २०७५ - ११:१५ मा प्रकाशित

चुहावट नियन्त्रण गर्न कर्मचारीलाई थप प्रोत्साहन भत्ता

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य...   

वडाको सेवा घरघरमै दिन थालेपछि…

रुकुम। मजिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन्...   

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ। प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा...   
गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौँ। । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा...   

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   
समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले...   

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा...   

संविधान कार्यान्वयनमा काङ्ग्रेस जिम्मेवार हुनुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका...   
किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

काठमाडौं । नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धी दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन फेब्रुअरी...   

किन रोकियो यी तीन जोडीको विवाह ?

सोलुखुम्बु। यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top