/  Thu, December 13, 2018

९ सय ग्राम सालकको खपेटासहित दुर्इजना पक्राउ

चरिकोट। संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरुलाई पक्राउ गरेको थियो । अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद भई रीतपूर्वक खानतलासी गर्दा झोलाभित्र निलो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा दुई केजी ९०० ग्राम सालकको खपेटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८०० ग्राम सालकको खपेटा बरामद गरेको छ । गत साउन २५ गतेमात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई ३८० ग्राम सालकको खपेटासहित पक्राउ गरेको थियो ।

दोलखामा सालकको खपेटा ओसारपसार तथा बेचबिखन गर्ने गिरोहको समूह बढ्दै गएको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

अशोज २३ गते, २०७५ - १३:०८ मा प्रकाशित

चुहावट नियन्त्रण गर्न कर्मचारीलाई थप प्रोत्साहन भत्ता

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य...   

वडाको सेवा घरघरमै दिन थालेपछि…

रुकुम। मजिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन्...   

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ। प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा...   
गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौँ। । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा...   

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   
समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले...   

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा...   

संविधान कार्यान्वयनमा काङ्ग्रेस जिम्मेवार हुनुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका...   
किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

काठमाडौं । नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धी दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन फेब्रुअरी...   

किन रोकियो यी तीन जोडीको विवाह ?

सोलुखुम्बु। यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top