Khabar Dabali Logo
  June 24, Mon

५० रोपनी जग्गाको डेढ करोड मुआब्जा वितरण

दमौली। एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।

विद्युत्गृह जाने प्रवेशमार्ग तथा अन्य आवश्यक पर्ने जग्गा आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर मूल्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहण गर्न प्रतिरोपनी रु नौ लाखदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रु २ लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन, बाँधलगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा सम्झौता भएको छ ।

त्यस्तै आयोजनाको सुरुङ, विद्युत्गृह निर्माणलगायतको दोस्रो प्याकेजका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग रु ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ । दुवै प्याकेजको निर्माण दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।

अशोज २३ गते, २०७५ - १०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

ओएण्डएम बनाउँदा गरेको त्रुटिका कारण कर्मचारीको दैनिकी गुनासो पोख्ने र ढोका ढकढक्याउनेकाठमाडौं ।...   

यसकारण असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् महिला

काठमाडौं । कानूनीरुपमा गर्भपतन निःशुल्क रुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे...   

टीकापुरमा ‘हाम्री छोरी – प्यारी छोरी’ कार्यक्रम

लम्की । बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने...   

विपद् व्यवस्थापनको लागि गृहमन्त्रालय तयारी अवस्थामा छ – सचिव राई

काठमाडौं । सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी...   

बङ्गलादेशमा रेल दुर्घटनामा परि चार जनाको मृत्यु, एक सय घाइते

ढाका । उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १...   

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको...   
तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव – अध्यक्ष प्रचण्ड

तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव – अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

चिनियाँ कम्पनीद्वारा निर्माणधीन भवन भग्नावशेषमा जीवित व्यक्ति नरहेको सेनाको दाबी

कम्बोडिया । गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको...   

ट्रकसँग यात्रुबाहक बस ठोक्किएर भयानक दुर्घटना, २२ जनाको मृत्यु

याउन्डे। क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब...   

पढाउन नसक्ने शिक्षकले ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन् – शिक्षामन्त्री पोखरेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top