/  Mon, December 17, 2018

पाईला टेक्दै भुजेल पाङदुरे

हा हा हो हा रे युङबेतने वानो खुइबेतने वानो ! हा हे पेलो सादाम्या !! २
हा हा हा हा हो हा युङबेत माल:अ खुइबेत माल:अ!! २
हा हे हो ल्हुङ खातो!! २
हा हे हो ल्हुङ खातो !! २
९हा हा हो हा रे मागिपो ल्यायौकि चोरिमा ल्यायौ ।
हा हे हो यसै पापी कुमाले !! २
हा हा हा हा हो हा रे मागेको होइन चोरेको होइन !! २
हा हे हो जालै जमुनामा पारेको !!२
हा हा जालै जमुनामा पारेको !! २

२०७२ सालको को माघे सक्रातिको दिन १९ बर्ष पछि फेरि काँधमा मादल बोकेर ८ दशक काटेका जेज बाहादुर भुजेल बटुबा लगाउदै १६ बर्षे उमङ्गका साथ उकालो लाग्दै थिए ।उनलाई साथ दिदै उस्तै उमङ्गका साथ उहीँ उमेर समुहका मन्सुर भुजेल , गंगा भुजेल ,लोक भुजेल लगायत म पनि तन्नेरी अबस्थाकै उमङ्ग अनुहारमा देख्न सकिन्थ्यो ।

निकै लामो खोज पछि भुजेलहरुको मौलिक सास्कृृृृतिक परम्परा का रुपमा प्रचलित रहेको एउटा कला संस्कार एक पुस्ता संगै लगभग समाप्त हुनै आटेको अबस्था को पाङदुरे नाच स्याङजा जिल्लाको हरिनास गाउपालिका को कुलुङखोला गाउमा भेटिएको थियो । सम्भवत अन्तिम पाङदुरे गुरूहरू जेज बहादुर भुजेल र मन्सुर भुजेल संग मात्र सिमीत रहेको यो कला उहाहरू संगै मर्न नदिन संमरक्षण का निम्ती अग्रसर हुन तत्काल आवश्यक कदम चाल्न अत्यान्तै आवश्यक थियो ।

भुजेल राजा जय सिङ को जिबन कथालाइ जन्म , बिबाह , गर्व र मृत्यु गरी ४ खण्डमा बिभाजित गरी गित को माध्यम बाट कथा बनाइ मादलको तालमा गाउने नाच्ने सास्कृतिक परम्परालाई पाङदुरे भन्ने गरिन्छ ्गुरूले शुरुमा सम्पुर्ण इष्ट देवता नछुटाइ उपसना गरी मादल ले ताल झिकेर यो नाचको शुरूवात गरेपछी पाङदुरे शुरू हुने र यो नाचका लागी न्युनतम११जनाको टिम आवश्यक पर्दछ जसमा गुरू १ , पुरसे १ , नचरी २ , नचनी (मादलको ताल छोप्ने) ७ जन आवश्यक पर्दछ ।

नचनि भने महिलाको भेषमा पुरुष हरु हुने गर्दछन् र पहिले पहिले भुजेल भाषामै यो नाच देखाउने प्रचलन भएता पनि राणा प्रधान मन्त्री चन्द्र शमशेर को पाला देखि गैर नेपाली भाषा मातृ भाषाहरूलाइ बन्देज लगाइयपछि यस्ता संस्कृती पनि मातृ भाषामा देखाउन नपाइने भो त्यसपछि खस नेपाली भाषामा यो नाच नचाउने प्रचलनको शुरुवात भयो त्यसपछि को सास्कृतिक बिचलन संगै रामयण र माहाभारतको चरित्र कथामा पनि पाङदुरे नाचिन थालेको प्ररम्भिक जानकारि गुरुहरुबाट जनकारि हासिल गरिसकेपछि अब त्यसको जगेर्ना र सरंक्षण का लागि पुस्ता हस्तान्तरण अपरिहार्य रहेको निश्कर्ष स्थानिय युवा पुस्तालाई बिश्वास दिलाउन सफल भयौ ।

यति बेला सम्म मादलको २२ ताल ज्ञान भएका एक मात्र जिवित ब्यक्ति हुनुहुन्थ्यो गुरु जेज बाहादुर भुजेल । उमेर हदका कारण उहामा स्मरण शक्ति न्यून हुँदै गइरहेको थियो । तर हामी सस्कार मर्न नदिन कटिबद्ध थियौ । स्थानिय चोक बहादुर भुजेल र लालबादुर भुजेल(भुजेल भुजेल)को विशेष सहयोग अनि स्थानिय भुजेल युवाहरु तथा आमासमुहहरु र देश बिदेशका तमाम भुजेल मनहरुको सहयोग र सहकार्यमा २०७२ /१० / १ गते साबिक चित्रे भन्ज्याङ गाबिस को १र४ वडामा अबस्थित भुजेल गाउँ कुलुङ खोलामा मृत्यु सैयाबाट पाईला टेकाउन सफलता हासिल गर्यौ ।यस सफलताले नया पुस्तामा एउटा जितको उमङ्ग का साथै पुराना पुस्तामा आफ्नो संस्कृति आफ्ना दरसन्तानमा छोडेर जान पाउने आशाको सन्टुष्टि प्रष्ट देख्न सकिन्थ्यो ।

आफ्ना समुदाय र जाति को लागि केही गर्नु पर्छ भन्ने जागरुक युवा द्वय सन्जय भुजेल (भुजेल साथि) लालबाहादुर भुजेल (भुजेल भुजेल) निरन्तर यसको फलोअप गर्दै प्रसारप्रचार र संरक्षणमा लागि परिरहनु भयो । पुस्ता हस्तान्तरण को काम चलिरहेकै थियो । यतिकैमा हामिले गुरु जेज बादुरलाइ गुमायौ । फेरि अन्यौलताको स्थिति शुरु भयो अब के गर्ने । हामिहरु हतास भयनौ । निरन्तर बाकि बिकल्पको खोजिमा लागि रह्यौ । अन्तमा गुरु मन्सुर ले मुख्य गुरुको जिम्मेवारी समाल्नु भयो । युवा पुस्ता त झन उत्साहित नै थियो । दुनिया समु यसलाइ देखाउने ढृढ अठोट गरेका साथिहरु ले भब्य रुपमा फेरि २०७३ सालको माघे सक्रातिमा दोस्रो ऐतिहासिक पाङदुरे मेला आयोजना गरेर देखाए ।

त्यसको लगतै हरिनाश महोत्सबमा २० बर्ष पछि पहिलो पटक गाउबाट उक्लेर आफ्नो ससक्त उपस्थिति संसार भर देखाउन सफल भयो ।२०७४ सालको माघे सशंक्रातिमा पनि यसले निरन्तरता पायो । यो हामि सबै को जित थियो । तर पुस्ता हस्तान्तरण को कार्य पुर्ण भैसकेको छैन । यहाँ सम्म आइपुग्दा गुरु मन्सुर का साथै पाङदुरे गायनमा निपुर्ण हासिल गरि पुर्खाको कला आफुमा समाहित गरेर सुरक्षित राख्न सफल होनाहार युवा इम बहादुर भुजेललई पनि हामिले गुमायौ । तर पनि प्रयास निरन्तर जारि छ । पुराना पुस्ताबाट नया पुस्ताका खड्क भुजेल , प्रेम भुजेल , टम बहादुर भुजेल, चोक बहादुर भुजेल , रुद्र बहादुर भुजेल , डम बहादुर भुजेल लगायतमा संस्कार हस्तान्तरण को कार्य अन्तिम अन्तिम चरणमा आइपुगेको छ ।

जातिय मौलिकता , कला सस्कृति बारे सधै मौन बस्ने भुजेल समाज पाङदुरेको बिषयमा पनि मौन छ । यो बिडम्बनाको कुरा हो।

के हो त पाङ्दुरे ?
भुजेल बोली चालिको भाषामा पाङदुरे को अर्थ पितृ प्रेम पुकार , पितृ वंदना गर्ने हेतु ले गरिएको एउटा विशेष लयताम्क आरती , पितृ साक्षात्कर को निम्ति गरिने भजन , आत्मिक आराधना भन्ने हुने भुजेल भाषा र संस्कारलाई नजिक बाट नियालिरहनु भएका विशम भुजेल बताउनु हुन्छ । मादलको १६ ताल र गितको १६ भाका मा नाच्ने गाउने भएकाले सोरठि नामले यो लोक प्रसिद्ध रहेको छ । कतै कतै जय सिङ्गगे राजाकि १५ रानी र एक राजकुमारि गरि १६ वटि भन्दाभन्दै सोरठि भन्न थालिएको किम्बदन्ति पनि भेटिन्छ । बिशेषत मेलापात, जन्म , न्वरन , छेवर ,बिबाह , किरिया जस्ता शुभ अशुभ कार्यमा यो गाउने नाच्ने परम्परा रहिआएको छ । पहिले पहले मंशिरे पुर्णिमामा धुमधाम संग मनाउने गरिएता पनि उक्त समय खेतिपाति भित्र्याउन चटारो हुने भएकाले पछि माघे संक्राति मा सारिएको जानकारहरु बताउदछन् ।

यो नाच भुजेल लगायत छन्त्याल , गुरुङ , मगर, कुमाल र थारु समुदायमा पनि नाच्ने र गाउने गरिन्छ । बिभिन्न समुदाय का स्थानिय बोली चालिका भाषामा यसको नामकरण गरेको पाईन्छ । जस्तै सोरठि नाच, नचरि, नाचन्य , कराङ नाच आदि।

जय सिङ्ग राजाको छोरी जन्मे पछि पुत्रिलाभको खुशि मनाउन नपउदै पुरोहित मुल पर्यो भनिएकाले सुनको बाकसमा राखेर खोलामा बगाईन्छ ।समय बित्दै जादा त्यहि राज्यका एक जना कुमाल ले खोलामा माछा मारिरहदा उसको जालमा माछा नभई एउटा सुनको बाकस पर्दछ त्यो बाकस खोलि हेर्दा त्यसभित्र सुन्दर रूपवती कन्या हुन्छिन । एक कान दुईकान हुदै यो कुरा जय सिङ राजा समक्ष पुग्दछ । राजाले त्यस युवती देखे पछि बिबाह गर्ने ईच्छा जाहेर गर्छन । त्यसपछि युवतिले आफु त्यहि खोलामा बगाईएकि राजकुमारि भएको र आफु जय सिङ को छोरी भएको तथ्य खोल्छिन । यहि मार्मिक कथा नै पाङ्दुरे मुख्य बिषय हो ।

सबै भन्दा पहिले यो नाचमा ईष्ट देबि देवताको नाम लिने गरिन्छ । यसरी देवि देवताको नाम लिने चलनलाई बटुवा अथवा बन्धन भन्ने गरिन्छ ।बन्दन दिदा नचिदैन देबिदेवताको नाममा लयबध्द तरिकाले गाउने कार्य मात्र हुन्छ ।बन्दन बाधि सकेपछि गुरुले मादल बजाएर ठोकन राख्ने गरिन्छ जसलाई हाई हाल्ने भनिन्छ ।त्यतिबला मादलको ताल नसकिदा सम्म सबैले हा हा गरेर गाइरहनु पर्छ । हाई हाले पछि लामा धामि तथा चोखो शरीर हुनेहरु यति बेला काम्ने हल्लने गर्दछन् । काम्ने मानिसलाई गुरुले मादलको ३ ताल ९ ताल वा २२ ताल द्वारा छुट्टाउने गर्दछन् । चलन चल्ति अनुसार मादलको पहिलो ठोकन मण्डलि थानमा दिने प्रचलन भुजेल समुदायमा रहिआएको छ ।
त्यस पछि बिषय बस्तु अनुसारको रौरा ९मुख्य गुरु० ले मादलको तालसंगै गितको टुक्का निकाले पछि अन्यले स्वर मिलाएर साथ दिने गर्दछन । बिभिन्न चरण गरेर एक चरण पाङदुरे सकिन करिब १ घण्टा जति समय लाग्ने गर्दछ ।

पहिले पितृ जगाउने पछि मादलको तालमा नाच्ने परम्परानै पाङदुरे हो । यो गित भन्दा पनि विशेष गरि मादलको तालमा नाच्ने नृत्य भएको स्वर्गिय गुरु मन्सुर भुजेल बताउनु हुन्थ्यो । नृत्य कम्तिमा १ घण्टा देखि १२ घण्टा सम्म चल्ने गर्दछ । पितृ जगाएपछि महिला पुरुष दुबै काम्दै हल्लने हुनसक्छ । भुजेल समुदाय प्रकृतिक पुजक भएकाले आफ्ना पितृलाई सबैभन्दा ठुला देवता मान्छन । त्यसैले यसरी कम्ने कुरालाई पितृले बाँस गरेको पनि भन्ने चलन रहेको पुरना पाङ्दुरे कलाकार हरु बताउदछन ।

अन्त्यमा,

बास्तबमा भन्ने हो भने पाङदुरे हाम्रो समाजको यर्थाथ झल्काउने भाका हो । भुजेल समुदायमा जन्म देखि मृत्यु सम्म का संस्कारहरुमा पाङदुरे गाउने नाच्ने चलन छ । यो गाउने नाच्ने चलन कस्ले र कहिले देखि चलि आएको हो भन्ने अलिखित इतिहासका कारण भन्न सकिने अबस्था छैन ।दर सन्तानमा हस्तान्तरण हुँदै आईरहेको यो हाम्रो संस्कार पछिल्लो हाम्रो पुस्तमा हस्तान्तरण हुन नसक्दा आज गम्भिर चासो र चिन्ताको बिषय बन्न पुगेकोको छ । मौलिक संस्कृति संग युवा पुस्ताको बड्दो अनविज्ञता संगै भुजेल समुदायको मौलिक संस्कार बुढापाकामा मात्र सिमित बन्न पुगेको छ ।पाङदुरे गित र नाच पछिल्लो पुस्ता सम्म छ्याप्छप्ति देख्न पाईन्थ्यो । तर हाम्रो पुस्ता सम्म आइ पुग्दा यो गित र नाच देख्न र हेर्न बिरलै पाइन्छ अझ भनौ स्याङ्जाको कुलुङ खोला भुजेल गाउँ बाहेक अन्तका भुजेल समुदाय अस्तित्वमा रहेको पाइदैन ।

हाम्रो सस्कृति रहे मात्र हाम रहनुको अस्तित्व रहन्छ । जसले हाम्रो पहिचानलाइ जिवन्त बनाई राख्दछ । सास्कृतिक चिनारि हामी कसैले बिर्षनु हुदैन यदि बिर्सियो भने आफ्नो जाति समुदायका निम्ति त्यो भन्दा ठूलो भुल र बेइमानि अरु केही हुन सक्दैन । आफ्नो ठेट मौलिक सस्कृति बारे अनभिग्य नया पुस्तालाई यसबारे जनकारि गराउन र संरक्षणमा योगदान दिनु भुजेल जाति संग समबन्धित सबै कृयासिल संघ सस्था तथा जागरुग हामी सबैको जिम्मेवारी रहन्छ ।
सेवानुङ ।

– सञ्जय भुजेल भरतपुर २०, चितवन

अशोज १९ गते, २०७५ - १३:३३ मा प्रकाशित

परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् अमेरिका ?

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा...   

सरकारविरुद्ध नेकपा (माओवादी केन्द्र)को आन्दोलन गर्ने घोषणा

काठमाडौं। गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध आन्दोलनमा गर्ने भएको छ ।...   

महायज्ञबाट उठेको रकमबाट गणेशधाम बनाउने महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रतिबद्वता

भरतपुर। भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म...   

कान्तिपुरमा प्रकाशित समाचारप्रति नेता योगेश भट्टराईको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपाका नेता योगेश भट्टराईकोे कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण...   

पत्रकारलाई सहि समाचार मात्रै लेख्न सभामुखको आग्रह

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीय भूमिकामा...   
अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

काठमाडौं। आफुहरुको निःशुल्क उपचारको व्यवस्था गरिदिन सरकारसंग माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा...   

प्रधानमन्त्रीले प्रचण्डतीर हेर्दै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको...   

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली

कोलम्बो। श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका...   

विपक्षीहरुबाट विभिन्न आरोप लागेपछि आन्तरिक सुरक्षा मन्त्रीद्वारा राजीनामा

वासिङ्टन। राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा...   

नेपाल एसबीआई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ। नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top