Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वडाध्यक्षले नै फोडे मेयरको ढोका, कारण यस्तो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा घटना घटीरहने नगरपालिका हो । कहिले यो नगरपालिकाका मेयरलाई गोली प्रहार हुन्छ त कहिले के हुन्छ । यसपटक भने यस नगरपालिकाका मेयरको कार्यकक्षमा तोडफोड भएको छ । तोडफोड अरु कोहीबाट भएको नभई जनप्रतिनिधिबाटै भएको हो ।

वडा नं. ८ का वडाध्यक्षले आफ्नै मेयरको कार्य कक्षमा तोडफोड गरेका हुन् । रकम भुक्तानीको विषयलाई लिएर वडा न ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको ढोका तोडफोड गरेका छन् । वडाध्यक्षको तोडफोडबाट नगरप्रमुख कार्यालयको ढोकाको सिसाहरु फुटेका छन् ।

घोडाघोडी नगरपालिका भित्र रहेका छाडाचौपाया ब्यवस्थापन बापतको ६ लाख बढि रकमको काम सम्पन्न भैसके पनि भुक्तानी नहुँदा बोगटीले तोडफोड गरेको स्थानियले बताएका छन् । पशु चौपाया ब्यवस्थापनका लागि छुट्टयाइएको रकम भुक्तानी चेकको मितीमा २०७५ को ठाउँमा २०७३ लेखिएको देखेपछि उनी आक्रोसित वडा अध्यक्ष बोगटीले नगरपालिकाका नगर चौधरीको कार्यकक्ष बाहिरको ढोका फुटाएका हुन ।

तर , यता वडा नं ८ का वडा अध्यक्ष भिम बोगटीले विज्ञप्ति निकालेका छन । ढोका जोडले तान्दा सिसा चर्केको र पछि फुट्न गएको उनले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

साउन १४ गतेदेखि छाडा पशु चौपाया व्यवस्थापन समितीले वडा नं ८ को सिस्नेरिमा करिब १७ सय छाडा पशुचौपायाको व्यवस्थापन गरिएको छ । उक्त छाडा गाइ वस्तु व्यवस्थापनका लागि आवश्यक सामान खरिद तथा हेरालुलाई पारिश्रमिक दिन नपाइएकोले चेक माग्दा मिति गलत उल्लेख गरेकाले आक्रोशित बनेको वडाध्यक्षले बताए ।

वडाध्यक्षद्वारा जारी विज्ञप्तीः– \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies