Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रेहम खानको हालसालै प्रकाशित आत्मकथाले पाकिस्तान, भारत र बेलायतमा तहल्का नै मच्चाएको छ । रेहम खानको कहानी सुरु हुन्छ लिबियाबाट, जहाँ सन् १९७३ मा उनको जन्म एक पाकिस्तानी नाक, कान, घाँटी सर्जन नयर रमजानको घरमा भएको थियो । रेहमको पहिलो विवाह १९ वर्षको उमेरमा आफूभन्दा १६ वर्ष जेठा फूपुका छोरा एजाज रहमानसँग भएको थियो । तर, पहिलो दिनदेखि नै सम्बन्ध राम्रो रहेन र उनी धेरैपटक घरेलु हिंसाको शिकार बन्न पुगिन् । १३ वर्षको उतारचढावपूर्ण वैवाहिक जीवनपछि तीन बच्चाकी आमा रेहमले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरिन् । उनले लिगल टिभीमा जागिर सुरु गरिन् । त्यसपछि बिबिसी टेलिभिजनमा काम गरिन् । तर रेहमले बीबीसीको जागिर छोडेर बेलायतबाट पाकिस्तान आइन् । पाकिस्तान आएर एक हाइप्रोफाइल टिभी एंकर बनेकी उनलाई इमरान खानसँग दुईपटक अन्तर्वार्ता गर्ने मौका मिल्यो । अन्तर्वार्ताको केही दिनपछि इमरानले रेहमलाई आफूले भेट्न चाहेको बताउँदै एसएमएस पठाए । केही दिन टारेपछि रेहम उनको घरमा गइन्, जहाँ इमरानले विवाहको प्रस्ताव राखे । उक्त भेटको सम्झना अहिले पनि रेहमको मनमा ताजै छ । ‘म उनको घर अगाडि उभिएको थिएँ । इमरान चौरमा आफ्नो कुकुरलाई डुलाइरहेका थिए । उनले मलाई आफू भएतिर बोलाए, म हच्किएँ । किनकी मैले अग्लो हिल भएको जुत्ता लगाएको थिएँँ ।’ ‘तर, बीबीसीले मलाई म जहाँ गए पनि आफूसँग हिल नभएको फ्ल्याट चप्पल पनि लैजान सिकाएको थियो । मैले जुत्ता खोलेँ र चप्पल लगाएर इमरान खान भएको ठाउँमा गएँ’ रेहम भन्छिन्, ‘बगैंचातिर जाँदै गर्दा मैले इमरानले मेरो जुत्ता उठाएर मेचको बीचमा राखिदिएको देखेँ । कुकुरले जुत्तालाई नोक्सान नपुर्‍याओस् भनेर त्यसो गरेका थिए ।’ त्यसै बेलामा एउटा रोचक घटना भयो । चौरमा बस्दा रेहमलाई थुप्रै लामखुट्टेले हमला गर्‍यो । त्यतिखेरै इमरान अचानक झुके र उनले आफ्नो दुवै हातले रेहमको पिडौंलालाई ढाकिदिए, मानौं उनले लामखुट्टेबाट बचाइरहेका छन् । रेहम बताउँछिन्, ‘सायद मेरो रगत धेरै मिठो छ । जब उनी बाथरुम गए, त्यतिखेर सयौं लामखुट्टेहरु मेरो खुट्टाको आसपास मडारिन लागे । तर अचानक इमरानले आफ्ना ठूला हातहरुले मेरो पिडौंलालाई ढाकिदिए । म हडबडाएर उठेँ, यो उनको आम छविभन्दा फरक धेरै मायालु र रोमान्टिक रुप थियो ।’ ‘त्यति कडा मानिसले यसरी मेरो खुट्टा छुन्छन् भनेर मैले सोच्न पनि सक्दिन’ उनले विगत सम्झँदै भनिन्, ‘त्यही भेटमा उनले मसँग विवाह गर्न चाहेको बताए ।’ ‘मैले तपाईलाई थाहा छ कि छैन म त ४२ वर्ष भइसकेँ भने । इमरानले भने-‘यो त झनै राम्रो भयो । कसैले पनि मैले तपाईंलाई झोलुंगोबाट उठाएर ल्याएँ भन्ने आरोप लगाउँदैनन् ।’ रेहमले इमरानको विवाहको प्रस्ताव स्वीकार गरिन् । लगत्तै उनीहरुबीच मतभेद भयो तर, फेरि कुरा मिल्यो र अक्टोबर २०१४ मा दुवै बैबाहिक बन्धनमा बाँधिए । इमरानको प्ले ब्वाई छवि विवाहपछि पनि नरोकिएको रेहमले बताएकी छन् । ‘हामी कसैसँग विवाह गर्दा उनीहरुको पुरानो रेकर्डलाई हेर्छौं तर, हाम्रो ठूलाबडा आन्टीहरुले मलाई विवाह पहिले प्ले ब्वाई भए पनि पुरुषहरु विवाहपछि ठीक हुन्छन् भनेर सम्झाउँथे’ जवाफमा रेहमले भनिन्, ‘तर, यो बिल्कुल गलत कुरा हो, म आफ्नो अनुभवबाट बताइरहेको छु यस्तो हुँदैन ।’ ‘कुनै मानिसमा कुनै नराम्रो कुराको बानी लागेको छ भने त्यसलाई बदल्न सक्दैन । मेरो किताबमा एक लाइन छ, जसमा इमरान मलाई भन्छन्, ‘बेबी यू कान्ट टिच एन ओल्ड डग न्यु टि्रक’ यसको मतलब हो, जे गरे पनि उनीहरु सुधि्रँदैनन् ।’ \"\" पूर्वप्रेमिकाको किस्सा सुनाउथे इमरान पहिलो दिनदेखि नै इमरान र रेहमबीच दुरी बढ्न सुरु भयो । रेहमका अनुसार इमरानमा केही बाहिरी मानिसहरु र पहिलो पत्नी जेमिमा गोल्डस्मिथको असर पछिसम्म पनि थियो । के इमरान आफ्नी पूर्वप्रेमिका र अर्की महिलाहरुबारे उनीसँग भन्थे ? इमरानले हदभन्दा धेरै मानिसहरुबारे कैयौं किस्सा सुनाएको रेहमले बताएकी छन् । कुनै पनि पत्नीले पतिले आफ्नो अतीतबारे बताएको मन पराउँदैनन् । तर, इमरान आफ्नी पूर्वपत्नी र पूर्व प्रेमिकाको किस्सा सुनाउन छाडेनन् । ‘मेरो पुस्तक पढेपछि केही महिलाहरुले मलाई सम्पर्क गरे, जो इमरानको जिन्दगीको हिस्सा बनिसकेका थिए । उनीहरुले मेरो पुस्तकमा लेखिएको किस्साहरु इमरानले उनीहरुलाई पनि सुनाएको बताए’ रेहम भन्छिन् । ७० को दशककी एक अभिनेत्रीसँग इमरानको किस्सा चर्चित थियो । इमरानले रेहमसँग त्यो कहानी सही भएको बताएका थिए । इमरानलाई अभिनेत्रीदेखि डर लाग्न थालेको थियो किनभने उनले लण्डनसम्म पछ्याएकी थिइन् । तर ती अभिनेत्रीलाई चिनेका मानिसले रेहमसँग इमरानले उनको पिछा गरेको बताएका थिए र त्यसपछि तीन अभिनेत्रीले इमरानबारे भनेकी थिइन् ‘नाम बडे और दर्शन छोटे ।’ इमरानको रहनसहन र निजी जीवनका केही चीजहरु रेहमलाई मन परेन । इमरानको क्याम्पबाट पनि उनीविरुद्ध अभियान सुरु भयो । रेहम भन्छिन्, ‘उनले मेरो बारेमा के सोच्छन् भन्ने मैले बुझ्नै सकिन । करीब एक वर्ष हामीले सँगै बितायौं । उनी मेरो प्रशंसा गरेर थाक्दैनन् । जब म कहीँ गएर आउँथे वा अन्तवार्ता दिएर आउँथे, त्यतिखेर उनी मेरो यति तारिफ गर्थे कि आफैलाई लाज लाग्थ्यो ।’ ‘तर, मेरोविरुद्ध एक षड्यन्त्र रचिएको थियो र इमरान त्यसको हिस्सा थिए त्यसमा मेरो चित्त दुखाई थियो । उनले कस्ता खालका मानिसहरुलाई पार्टीमा लिएर आएका छन्, जसको न कुनै हैसियत छ, न कुनै वजन छ न कुनै राम्रो राजनीतिक पृष्ठभूमि छ भनेर म उनीसँग कहिल्यै गुनासो गर्थिन ।’ ‘विवाह पहिले त इमरानले म तिम्रो सल्लाहअनुसार काम गर्छु भन्थे तर, विवाहपछि मैले यो कुरा निकालेँ भने उनी मलाई चुप लाग्न भन्थे । मैले राजनीतिको कुरा गरेको उनलाई मन पर्दैनथ्यो ।’ ‘विवाहको केही महिनापछि उनले राजनीतिबारे केही कुरा भन्नु छ भने मलाई लेखेर दिने गर भनेका थिए । किनभने बेलुकाको उनको संगीत सुन्ने समय हुन्थ्यो । मलाई यो कुरा अजीव लाग्थ्यो’ रेहम भन्छिन् । रेहमको कुरा मान्ने हो भो इमरानको वरीपरी हुने मानिसहरु र इमरानकै जीवनशैलीले उनलाई टाढा बनाएको थियो । ‘साँचो कुरा गर्ने हो भने मैले अन्तिम समयसम्म उनलाई मनाउने कोशिस गरेँ तर, अपि्रलपछि मलाई यो यथास्थितिको पार्टी हो र इमरानले पनि यसलाई ठीक गर्न सक्दैनन् भन्ने लाग्यो’ रेहम भन्छिन्, ‘धेरै समयसम्म म इमरानमा गलत काम गर्ने मानिसहरुलाई रोक्ने हिम्मत छैन भनेर सोच्ने गर्थें । उनको वरीपरीका मानिसहरु भ्रष्ट पृष्ठभूमिका थिए ।’ ‘उनलाई चिन्ने मानिसले लण्डनमा मसँग भेटेर मलाई किचन मनी अफर गरे । मलाई यो धेरै अपमानजनक लाग्यो तर, इमरानमा यसको कुनै असर थिएन’ उनले भनिन्, ‘त्यस्ता मानिसहरुको पैसा नै इमरानको घरमा आउँथे, जसले उनको घर चल्थ्यो । आज यो मानिस जसले तपाईंलाई पाँच लाख दिइरहेको छ उसले भोलि तपाईंसँग पाँच करोड रुपैयाँको आशा गर्ने छ भनेर म उनलाई सम्झाउँथे ।’ ‘केही काम गर्नभन्दा पहिले इमरानले मलाई सोध्ने गर्थे । मैले लगाएको निलो टाई ठीक छ नि भनेर उनले सोध्थे तर, जब मैले राम्रो छ भन्थेँ उनी गुलाबी टाई पहिरिन्थे’, रेहमले लेखेकी छन्, ‘जब तपाईंलाई उल्टो काम गर्नु छ भने मलाई किन सोध्नुहुन्छ भनेर म रिसाउँथे ।’ \"\" इमरानविरुद्ध किताब लेखेको हो ? रेहमको यो पुस्तक इमरान पाकिस्तानको नेशनल एसेम्ब्लीको चुनाव लडिरहेको बेलामा आएको थियो । रेहमले इमरानलाई राजनीतिक रुपले नोक्सान पुर्‍याउन कोसिस गरेको धेरैले चर्चा गरे । तर, यदि उनको यो उद्देश्य नै थियो भने पनि यसमा उनी सफल भइनन् र इमरानले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा सपथ लिइसकेका छन् । इमरानसँग सम्बन्धविच्छेद नगरेको भए तपाईं पाकिस्तानको प्रथम महिला हुनुहुन्थ्यो । तपाईंमा त्यसको कुनै अफसोच छ कि छैन ? रेहमको जवाफ थियो, ‘यस खालको मानिससँग सम्झौता गर्न मेरो लागि सम्भव थिएन । उनी मलाई सधैं नराम्रो व्यवहार गर्थे तर, उनी मुलुकको समस्यासँग जुधिरहेका थिए ।’ ‘म बुझ्छु इमरान खानले जुन कारणले मसँग विवाह गर्ने प्रस्ताव गरे, त्यो गलत थियो । उनी र म बीच धेरै भिन्नताहरु छन् ।’ ‘एक राजनीतिज्ञ वा प्रधानमन्त्री पत्नी बन्नका लागि मेरो वंशाणुगत संरचना ठीक थिएन । यदि कसैले गलत काम गरे भने म त्यसलाई नजरअन्दाज गर्न सक्दिन । सम्बन्ध टुटेपछि म यति बेवकुफ कसरी भएँ कि मैले यस्ता मानिससँग विवाह गरेँ भनेर म आँफै सोचमग्न भएँ’ रेहमले भनेकी छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies