/  Thu, December 13, 2018

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तयारी

सुर्खेत। कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको तयारी कार्य तीव्र बनाएको छ ।

प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग, विकास निर्माणका कार्यमा सहकार्यलगायतका विषयमा साझा अवधारणा तयार गर्न कर्णाली प्रदेश समन्वय परिषद्को बैठक आयोजना गरिएको मुख्यमन्त्री एवं परिषद्का संयोजक महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

परिषद् बैठकमा सरकार सञ्चालनका क्रममा देखिएका कानूनी, आर्थिक, प्रशासनिक जटिलताको सम्बोधनका लागि पनि विचारविमर्श हुने मुख्यमन्त्री शाहीले बताए ।

“दुई दिनसम्म सञ्चालन हुने बैठकबाट सङ्घीयताको कार्यान्वयन, योजना कानून निर्माण तथा कार्यान्वयन, करसम्बन्धी विषयका सम्बन्धमा दुबै तहका नेतृत्वको बुझाइमा एकरुपता हुने वातावरण बनाउँछौं,” मुख्यमन्त्री शाहीले भने, “प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यको भावना प्रवद्र्धन भई सेवा प्रवाह एवं विकास कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।”

मन्त्रिपरिषद् बैठकको मङ्गलबार बसेको बैठकको निर्णयसँगै प्रमुख सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा विषयगत मन्त्रालयका सचिवको बैठकले परिषद् बैठकको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो । परिषद् बैठकका लागि सहभागीको विवरण निश्चित गर्ने, बैठकका लागि लाग्ने खर्चको विवरण तयार गर्ने, बैठक सञ्चालन प्रक्रिया तथा व्यवस्थापनलगायतका विषयमा गृहकार्य शुरु गरिएको प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

प्रमुख सचिव थपलियाका अनुसार परिषद् बैठकमा प्रदेश र स्थानीय तहका योजना, कर प्रणाली, कानून र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पहिलोपटक आयोजना गरिएको समन्वय परिषद् बैठकमा कर्णाली प्रदेश सरकारका मन्त्री र सचिव, विज्ञ, १० वटै जिल्लाका प्रमुख तथा उपप्रमुख, ७९ स्थानीय तहका प्रमुख उपप्रमुखसहित ३०० सहभागी रहने जनाइएको छ । गत भदौ ३० गते सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १९ र २० गते समन्वय परिषद्को बैठक आयोजना गर्ने निर्णय गरेको थियो । रासस

अशोज १० गते, २०७५ - १२:१८ मा प्रकाशित

चुहावट नियन्त्रण गर्न कर्मचारीलाई थप प्रोत्साहन भत्ता

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य...   

वडाको सेवा घरघरमै दिन थालेपछि…

रुकुम। मजिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन्...   

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ। प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा...   
गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौँ। । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा...   

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   
समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले...   

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा...   

संविधान कार्यान्वयनमा काङ्ग्रेस जिम्मेवार हुनुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका...   
किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

काठमाडौं । नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धी दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन फेब्रुअरी...   

किन रोकियो यी तीन जोडीको विवाह ?

सोलुखुम्बु। यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top