Khabar Dabali Logo
  June 24, Mon

मलेसियामा दश नेपालीको मृत्यु, २ को अवस्था गम्भीर (नाम र ठेगानासहित) शव ल्याउन अझै केही दिन लाग्ने

काठमाडौं। पछिल्लो एक साताको अवधिमा मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । पछिल्लो समय उपचारका क्रममा रहेका सुकुबल घिसिङ, विमल कार्की र शंकरपुर सर्लाहीका शेरबहादुर ठकुरी एवं देउराली नवलपरासीका दुर्गासिंह रानाले समेत ज्यान गुमाएका छन् ।

याँ पत्रिकामा खबर छ- बसेरी धादिङका भीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिम कुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ, पत्थरकोट सर्लाहीका आइतसिंह गोलेको भने केही दिनअघि मृत्यु भएको थियो ।

विषाक्त मदिरा सेवनबाट बिरामी भएका ९ जनाको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये रघुनाथपुर बाराका राधेश्याम बैठा र सुंगदेल खोटाङकी चम्पावती राईको अवस्था भने गम्भीर रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

बाँकी, नेपालको ठेगाना खुल्न बाँकी रहेका राजेशकुमार हजारी, दातेबहादुर सारु मगर, फरेना रुपन्देहीका रामचन्द्र लोध, चांगली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्पो, बबियाविर्ता मोरङका जम्बिरलाल झाँगड, धुलिखेल काभ्रेका चन्द्रसिंह तामाङ र ढुंग्रेखोला सर्लाहीका रिकामान स्याङतानको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको छ । एक साताको अवधिमा मलेसियाका विभिन्न राज्यमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको कुल संख्या ३९ पुगेको छ ।

शव ल्याउन अझै केही दिन लाग्ने
मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले नियमित प्रक्रियाबाटै मृतकको शव पठाउन सकिने भए पनि अझै केही दिन लाग्न सक्ने जानकारी दिए । ‘विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको विषय अनुसन्धानकै क्रममा छ ।

प्रहरीले अनुसन्धान गरिसकेपछि मात्रै शव दूतावासलाई जिम्मा लगाउने भनिएको छ । अहिलेसम्म कुनै पनि शव जिम्मा लगाइएको छैन,’ उनले भने, ‘अनुसन्धानको प्रक्रिया सकिएपछि शव लैजान नेपालबाटै सम्बन्धित आफन्तले बुझ्न तयार रहेको मञ्जुरीनामा पठाउनुपर्ने हुन्छ । शव रोजगारदाताले गरेको बिमाबाटै नेपाल ल्याइनेछ । श्रम स्वीकृतिको अवधि बाँकी रहेका मृतक कामदारका परिवारले नेपालबाट बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति पाउनेछन् ।

अशोज १० गते, २०७५ - ११:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

ओएण्डएम बनाउँदा गरेको त्रुटिका कारण कर्मचारीको दैनिकी गुनासो पोख्ने र ढोका ढकढक्याउनेकाठमाडौं ।...   

यसकारण असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् महिला

काठमाडौं । कानूनीरुपमा गर्भपतन निःशुल्क रुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे...   

टीकापुरमा ‘हाम्री छोरी – प्यारी छोरी’ कार्यक्रम

लम्की । बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने...   

विपद् व्यवस्थापनको लागि गृहमन्त्रालय तयारी अवस्थामा छ – सचिव राई

काठमाडौं । सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी...   

बङ्गलादेशमा रेल दुर्घटनामा परि चार जनाको मृत्यु, एक सय घाइते

ढाका । उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १...   

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको...   
तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव – अध्यक्ष प्रचण्ड

तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव – अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

चिनियाँ कम्पनीद्वारा निर्माणधीन भवन भग्नावशेषमा जीवित व्यक्ति नरहेको सेनाको दाबी

कम्बोडिया । गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको...   

ट्रकसँग यात्रुबाहक बस ठोक्किएर भयानक दुर्घटना, २२ जनाको मृत्यु

याउन्डे। क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब...   

पढाउन नसक्ने शिक्षकले ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन् – शिक्षामन्त्री पोखरेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top