

ट्रम्पसँग ओलीको नाम मात्रको भेट, दुर्इ मिनेटको भेटमा के भयो कुराकानी ?
-
-
अशोज १० गते, २०७५ - ०९:२०

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।
अन्नपूर्ण पोष्टमा खबर छ- स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।
उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’
गत वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्ने गरी मात्र आएकाले स्वागत समारोहमा सहभागि भएनन् । उनी स्वागत समारोह सकिएको भोलिपल्ट आएका थिए । ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।
सिंगापुरको अमेरिका–उत्तर कोरिया वार्ताले विशवका सकारात्मक सन्देश दिएको बताएको उनले सुनाएका ब्यक्तिले जानकारी दिए । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् ।
गतवर्ष प्रधानमन्त्री स्वागत समारोहमा आइनपुग्ने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री सहभागी हुन गेट पुगे पनि नामको संयोजन हुन नसक्दा लज्जित भएर पर्कनु परेको थियो । यसपटक त्यस्तो अवस्था भने आएन । प्रधानमन्त्रीले भित्र अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटे । उनी दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदन प्रदानको बारेमा छलफल गरेका बताइएको छ । अमेरिकी राष्ट्रपति र प्रथम महिलाले महासभाको उच्चस्तरीय बसह आरम्भ हुने अघिल्लो दिन यस्तो भोज दिने चलन छ । त्यही प्रथालाई अमेरिकीले कायम गर्दै आएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
‘२४ घण्टामा ३० पटक झुट बोल्छन् महिला’
धेरै मानिसहरुले झुट बोल्नु नराम्रो भन्छन् तर कहिलेकाँही राम्रो प्रयोजनका लागि बोलिने झुटलाई स्विकार...नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती
काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?
काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?
काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !
काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ
एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...
