Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अस्पतालका फोहोर पानी सिधै ढलमा

काठमाडौं, ९ असोज। काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ ।खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सचिव गजेन्द्र ठाकुर, मन्त्रालय मातहतका विभाग, बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले सामान्य प्रशोधन पनि नगरी ढलमा मिसाएको पाइएको हो । मन्त्रालयका अनुसार वीर अस्पतालले दैनिक एक लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ । काठमाडाैं उपत्यका लिमिटेडबाट वितरण गरेको धाराबाट हप्तामा एक पटक पानी आउने हुँदा अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तानिएको पाइएको हो । अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागिसमेत अनुमति लिइएको छैन । यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चार वटा डिप बोरिङ सञ्चालनमा ल्याएको भए पनि एउटाको मात्रै अनुमति लिएको पाइएको छ । दैनिक आठ लाख लिटर पानी भूमिगत स्रोतको प्रयोग गरेको भएपनि फोहोर पानी व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ । यस्तै सेन्ट्रल विजनेश पार्कबाट निस्कने फोहोर तरल पदार्थ सिधै ढलमा मिसाइएको अनुगमनको क्रममा फेला परेको मन्त्रालयले जनाएको छ । उक्त व्यापारिक संस्थाले दैनिक ४० हजार लिटर पानी प्रयोग गर्दै आएको छ । यसैगरी पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ । दैनिक चार लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भएपनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ । त्यस्तै नमूना बस्ती हात्तीवनले समेत अनुमति नलिई भूमिगत स्रोतको पानी उपयोग गरेको छ । दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । तरल फोहरको व्यवस्थापनपछि मात्रै खोलामा पठाइएको अनुगमनका क्रममा देखिएको छ । यस्तै ललितपुरको भैँसेपाटीमा रहेको वाई वाई चाउचाउ उद्योगले दैनिक ५० हजार लिटर पानी प्रयोग गर्ने गरेको छ । अनुमति नलिईकन डिप बोरिङ सञ्चालन गर्नेलाई तत्काल अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्री मगरले फोहर पानी प्रशोधनपछि मात्रै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्न र अनुमति लिएर मात्रै डिप बोरिङ सञ्चालन गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको बताए । उनले ठूला संस्था वा प्रतिष्ठानको अनुमगन कार्य निरन्तर जारी रहनेसमेत जानकारी दिए । मन्त्री मगरले केही दिन पहिले काठमाडौँका पानी उद्योगको समेत स्थलगत निरीक्षण गरेका थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies