Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘सरकारको नीति कार्यान्वयन नगर्नेलाई कारवाही ’

हेटौँडा, ९ असोज । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगर्ने सुरक्षा निकायलाई कारवाही गर्ने चेतावनी दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला सुरक्षा समिति सिन्धुलीको संयुक्त आयोजनामा भएको छलफलमा उनले राज्यको सुरक्षाको अवस्था, सुरक्षा निकायको परिचालन, अपराध अनुसन्धानको गतिलो छानबिन र समयसापेक्ष प्रहरी प्रशासनलाई चुस्त–दुरुस्त बनाउनुपर्ने बताए ।

मन्त्री जम्मकट्टेलले बढ्दो हातहतियारको ओसार पसार, हत्या हिंसा र बलात्कारका घटना रोकथाममा प्रहरी कमजोर भएको भन्दै सुधार गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय अनुसन्धान विभागको काम समयसापेक्ष बनाइनुपर्ने बताए । छलफल कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रदेश सरकारको नीति तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद न्यौपानेले जिल्लाको शान्तिसुरक्षा अवस्थाबारे जानकारी गराए । कार्यक्रममा नेपाल प्रहरी प्रदेश नं ३ प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकारी र सशस्त्र वाहिनी प्रमुख लगायतको सहभागिता रहेको थियो । कारागार निरीक्षण  मन्त्री जम्मकट्टेलले सिन्धुली कारागारको स्थलगत निरीक्षण गर्दै कैदीबन्दीलाई भेदभाव नगर्न, यातना नदिन र तोकिएको मूल्यमा खाद्यान्न तथा सामग्री उपलब्ध गराउन कारागार प्रशासनलाई निर्देशन दिनुभयो । कारागारमा ३२ जना क्षमता रहेकामा १३२ जना कैदीबन्दी रहेको बताइएको छ । यसैबीच मन्त्री जम्मकट्टेलले जिल्ला समन्वय समिति सिन्धुलीसँग छलफल गर्दै बजार अनुगमन निष्पक्ष स्वतन्त्र हुनुपर्ने बताए । साथै उहाँले खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री बिक्री गर्ने सङ्घसंस्था र पेट्रोल पम्पलगायत वित्तीय संस्थाका पनि अनुगमन गर्न निर्देशन दिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies