सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी
आश्विन ९ गते, २०७५ मगलवार 25th September, 2018 Tue१३:२९:४७ मा प्रकाशित
काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।
नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता छ ।
चार दिने उक्त अभ्यासमा नेपाल, अमेरिका, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, सिङ्गापुर, क्यानाडा, फिलिपिन्स, बेलायत, डेनमार्क, बेल्जियम, इजरायल, भारत र चीनका सैनिकको सहभागिता छ ।
नेपालको प्रदेश नम्बर ६ को दैलेख क्षेत्रमा ठूलो भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध हुनाका साथै पुलहरूसमेत भत्केका र सुर्खेत विमानस्थलको पनि केही भाग क्षति भएको अनुमान गरी त्यस्तो अवस्थामा खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालनबारे व्यावहारिक अभ्यास गरिने भएको छ ।
भूकम्पमा परेर घाइते भएकाको उपचारका लागि अस्पताल पनि तयारी अवस्थामा रहनुपर्ने भएकाले त्यसका लागि शिक्षण अस्पताल, ट्रमा सेन्टर, नर्भिक इन्टरनेशनल र ग्रीनसिटी अस्पताललाई उक्त अभ्यासका लागि छनोट गरिएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हुने उक्त अभ्यासमा ६४ विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धारका क्षेत्रमा कार्यरत संस्थाका समेत ३०० प्रतिनिधिको सहभागिता छ ।
यसअघि यस्तो तालीम सन् २०११, २०१३, २०१६ मा काठमाडौँ मै सञ्चालन भएको नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालय निर्देशक जीतबहादुर गुरुङले जानकारी दिए ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पपछिको खोज, उद्धार र राहतसहित घाइतेको उपचारका लागि बहुराष्ट्रिय सेनाको परिचालन र समन्वय निकै प्रभावकारी ढङ्गबाट भएको निष्कर्ष निकालिएको थियो । विसं २०७२को भूकम्पमा विमानस्थलमा क्षति नहुँदा धेरै व्यक्तिको ज्यान बचाउन सहयोग पुगेको थियो ।
नेपाल प्राकृति विपद्का हिसाबले जोखिम रहेकाले यस्ता प्राकृतिक प्रकोपका घटनापछिका उद्धार र राहतका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी तुल्याउन यस्ता अभ्यास निकै उपयोगी हुने विश्वास लिइएको छ । यस पटकको अभ्यास विमानस्थल, छाउनी, टुँडिखेल र विभिन्न अस्पतालमा सञ्चालन गरिनेछ ।
उक्त अभ्यास शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले ठूला खाले प्राकृतिक प्रकोपका घटनाले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभएर मानवीय विकासमा समेत ठूलो प्रभाव पार्नाकासाथै उपलब्ध जनशक्ति, स्रोत र साधनको प्रभावकारी परिचालनमा यस्ता तालीम कोशेढुङ्गा सावित हुने धारणा व्यक्त गरे ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल सि गुन्जालेस्ले बहुराष्ट्रिय सैनिक र बहुपक्षीय सरोकार संस्थाका प्रतिनिधि सम्मिलित विपद् व्यवस्थापन अभ्यासका क्रममा हुने अनुभव आदानप्रदानबाट ठीक समयमा ठीक खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका घटनापछिको खोज, उद्धार र राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन र पूर्वतयारी गर्न सके पछि आइपर्ने ठूला जनधनका क्षति रोक्न सकिने धारणा व्यक्त गरे ।
आगामी वर्षदेखि यस्तो अम्यास प्रदेशस्तरमा पनि सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: