Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकीको भवन अमेरिकन संस्था भोलिन्टियर सि डि आर टी क्यालिफोर्नियाको आर्थिक सहयोग र सान्टा रोजा काष्ठमाण्डपको सहयोगमा निर्माण भएको हो । ३० लाख लगतमा निर्माण गरिएको ४ कोठे भवनमा नेपाल सरकारले दिने एच ए सरहको सुविधा उपलब्ध गराउने उद्दश्यले निर्माण गरिएको सि डि आर टि ले जनाएको छ । ०७२ सालको विनाशकारी भुकम्पपछि स्वास्थ्य क्षेत्रमा परेको असर र स्थानीयको सेवालाइ बुझेर यस ठाउँमा भवन निर्माण गर्ने योजना बनाएर काम थालेका थियौं सोचे अनुसार स्थानीयको राम्रो सहयोग पाएपछि काम गर्न सकिएको सि डि आर टि क्यालिफोर्निका अध्यक्ष kadyn garrett schuman michael ले बताए, । बाह्रविसे बजारबाट ९ किलोमिटर माथि रहेको सो अगेरी पाखामा स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयमा खुसी छाएको छ । स्थानीय गजेन्द्र राउतले भने ‘हामीलाइ सरकारले दिने सेवा भन्दा बढि पाइने भएको छ । यसमा हामी अत्यन्तै खुसी भएका छौँ । सानो उपचारको लागि समेत बजार जान पर्ने झन्जट पुरा भएको छ । त्यति मात्रै होइन बर्थिङ सेन्टर समेत हुने भएपछि महिलाहरुलाइ समेत राम्रो भएको उनले सुनाए । अर्का स्थानीय दुर्गा देवी बस्नेत भन्छिन्, महिलाहरुलाइ समेत राम्रो उपचार सेवा दिने भएपछि गाउँघरका स्थानीय हर्सित भएका छन् । सानो तिनो उपचारको लागि एक विहान खर्चिनु पर्ने थियो तर अव त्यो समस्या रहेन उपचार निशुल्क पाउने व्यवस्था भएपछि झन आफ्हरुमा खुसी भएको उनले बताइन् । कार्यक्ममा आउने ७० भन्दा बढि स्थानीयले स्वास्थ्य सेवा समेत लिएका थिए । ४ कोठे प्रि फ्याल भवनमा सुविधा सम्पन्न शौचालयको समेत व्यवस्थापन गरिएको छ । सरकारले लिने सुविधा सरह सिडिआर टिले एच ए र साहयकको लागि ५ वर्षको लागि तलब सुविधा दिने गरि अहिले नै सम्झौता गरिसकेको सिडि आर टिका नेपाल सयोंजक प्रकाश बस्नेतले बताए । अब महिला दिदिबहिनीहरुले सुत्केरी सेवा समेत लिन सक्नेछन् । यस संस्थाको लागि हामीले एम्बुलेन्स समेत राख्ने तयारीमा छौँ, जुन जटिल विरामी भएर अस्पताल लैजानको लागि लागि स्वास्थ संस्थाको भवन वरिपरि निकै रमाइलो वातावरण बनाइएको छ । तल फुटबल चौर निर्माण गरेसगैँ भवन नजिकै स्विमिङ पुल समेत बनाइएको छ । सोमबार Ruth weirich clinic नामाकरण गरिएको सो स्वास्थ्य चौकीको भवनको उदघाटन पुर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन् । स्वास्थ्य चौकी उद्घाटन पश्चात बोल्दै पुर्वमन्त्री बस्नेतले भौगोलिक रुपमा बजारबाट नजिक देखिएपनि सरकारको स्वास्थय सेवाको पहुँच नरहेकोले यस भेगका स्थानीयको सुविधालाइ मध्यनजर गर्दै उक्त सेवा ल्याउनको लागि पहल गरेको बताए । स्वास्थ्य क्षेत्र हाम्रो जीवनको महत्वपुर्ण मानिन्छ, विनाशकारी भुकम्पको समयमा उद्दार तथा राहात वितरण गर्न आएको यो संस्थाले सिन्धुपाल्चोकमा धेरै काम गरिसकेको उनले बताए । संस्थाले यस ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने इच्छा देखाएपछि अगेरी पाखामा सो कार्यालय निर्माण गरिएको प्रष्ट पारे । सरकारको पछिल्लो गतिविधिलाइ निल्याल्दै उनले भने, लोकतन्त्र ल्याउनको लागि संञ्चार क्षेत्रले निकै ठुलो भुमिका निर्वा गरेको थियो । तर आज लोकतन्त्रको लागि योग्दान पुर्याएको सञ्चारमाध्यमलाइ नै सरकारले अकुंस लगाउने काम गरेको भन्दै त्यसो नगर्न सरकारलाइ आग्रह गरेका छन् । कार्यक्रममा हाँस्यकलाकार शिवहरी नेपाल, देविरामा पराजुली, रोहित कार्की, गायक नवराज घोरासैनी, मन्जु गौतमले कार्यक्रममा उपस्थित स्थानीय तथा विदेशी पाहूनाहरुलाइ मनोरञ्जन दिलाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies