/  Fri, October 19, 2018

जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

कञ्चनपुर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् ।

यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ सरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

नदीमा आएको बाढी गाउँ पस्दा बस्ती जलमग्न भए पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले जोगबुढा नदीले कटान थाल्दा महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल खतरामा परेको जानकारी दिए । “नदीले कटानले गर्दा जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल खतरामा ।” प्रहरी निरीक्षक चन्दले भने, “पुल जोगाउन स्थानीय र सुरक्षा निकाय लागिपरेका छन् ।”

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर पुल जोगाउन अस्थायी तटबन्ध निर्माणमा लागेका छन् । यसअघि पनि सुन्दरनगर, कुतियाकवर क्षेत्र बाढीका कारण डुबानमा परेका थिए । जोगबुढा नदीमा तटबन्धको उचित व्यवस्था नहुँदा लामो समयदेखि स्थगानीयवासी वर्षात्का बेला समस्या भोग्दै आएका छन् । रासस

अशोज ९ गते, २०७५ - १२:१३ मा प्रकाशित

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा...   

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन...   

६४ वर्षमा नागरिकता पाउदा…

दमौली। हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले...   

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने...   

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ। धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत...   

प्रहरीकाे ‘समुदाय-प्रहरी साझेदारी’ नयाँ कार्यक्रम, यस्ताे छ कार्यक्रमका प्राथमिकता

काठमाडौँ। नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय- प्रहरी साझेदारी’...   
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

काठमाडौँ। पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्यौट भएको छ ।  निजी अवास पुनः निर्माण...   

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

सिकागो। अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो...   

पश्चिमी क्षेत्रमा ट्रक दुर्घटना, १९ जनाको मृत्यु, ११ जना घाइते

इस्तानबुल। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु...   
एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

। माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top