Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा यही असोज १५ बाट शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । एन्फा मैदान सातदोबाटोमा शुरु भएको उक्त प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जजनले जानकारी दिए । साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । अघिल्लो संस्करणको पुरस्कार रकम अन्तिम समयमा पाएपछि नेपालले एक साताभन्दा कम समयको तयारीका साथ सो प्रतियोगिता खेल्न जाने भएको छ । यस पटकको टोलीको समेत बालगोपाल महर्जनले नै नेतृत्व गर्नेछन् भने कप्तानीको जिम्मेवारी विराज महर्जनलाई नै दिइएको छ । तयारी छोटो समयको रहेकाले प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टोली नै जाने एन्फाले जनाएको छ । हालै बङ्गलादेशमा साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी नेपाली टोलीमा यथावत छन् । विदेशी लिगमा व्यस्त रहेका गोलकिपर किरण लिम्बू चेम्जोङ र रोहित चन्दको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङलाई समावेश गरिएको छ । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् । एन्फाले सोमबार दुई खेलाडीलाई टोलीमा बोलाउँदै बङ्गबन्धु खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । तेज तामाङ नेपाल पुलिस क्लब र विशाल राई मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजनका लागि दर्ता भएका खेलाडी हुन् । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । असोज १५ देखि २६ गतेसम्म हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली टोली असोज १४ गते त्यसतर्फ प्रस्थान गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने नखेल्ने दोधारमा थियो । आइतबार अघिल्लो संस्करणमा विजेता भएवापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको हो ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies