/  Mon, December 17, 2018

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए । परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताउनुभयो । विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ । परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ ।

घाइते परियारको विदेशमा रहेका श्रीमान् फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ । परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताए । उनीहरु छिमेकी हुन् ।

अशोज ९ गते, २०७५ - ११:३२ मा प्रकाशित

परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् अमेरिका ?

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा...   

सरकारविरुद्ध नेकपा (माओवादी केन्द्र)को आन्दोलन गर्ने घोषणा

काठमाडौं। गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध आन्दोलनमा गर्ने भएको छ ।...   

महायज्ञबाट उठेको रकमबाट गणेशधाम बनाउने महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रतिबद्वता

भरतपुर। भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म...   

कान्तिपुरमा प्रकाशित समाचारप्रति नेता योगेश भट्टराईको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपाका नेता योगेश भट्टराईकोे कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण...   

पत्रकारलाई सहि समाचार मात्रै लेख्न सभामुखको आग्रह

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीय भूमिकामा...   
अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

काठमाडौं। आफुहरुको निःशुल्क उपचारको व्यवस्था गरिदिन सरकारसंग माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा...   

प्रधानमन्त्रीले प्रचण्डतीर हेर्दै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको...   

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली

कोलम्बो। श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका...   

विपक्षीहरुबाट विभिन्न आरोप लागेपछि आन्तरिक सुरक्षा मन्त्रीद्वारा राजीनामा

वासिङ्टन। राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा...   

नेपाल एसबीआई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ। नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top