Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

हावाबाट बिजुली अध्यनमै सीमितः जिम्मेवारी कसको ?

बाँके। बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज भएको थियो । खारेज हुनुपूर्व उक्त शाखाले नै खजुरामा टावर राखेर हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन शुरु गरेको थियो । शाखा खारेजीसँगै हावाबाट बिजुली निकाल्न अध्ययन थालिएको उक्त संरचनाको अध्ययन कसले गरिरहेको छ भन्नेमा कसैलाई जानकारी छैन । नियमन गर्ने निकाय नै नभएपछि हावाबाट बिजुली निकाल्नका लागि करीब एक वर्षअघि जडान गरिएका उपकरण प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन् । लाखौँ खर्चेर बिजुली निकाल्नका लागि ८० मिटर अग्लो पाँच पङ्खा भएको उपकरण जडान गरिए पनि अध्ययन नै प्रभावकारी नभएपछि उपकरण बेकामे भएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन शाखाले एशियाली विकास बैंकको सहयोगमा मध्य तथा सुदूरपश्चिम नेपालका जिल्लामा हावाको वेग र दिशा मापन गर्न उक्त उपकरण जडान गरेको थियो । क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा करीब एक वर्षअघि उक्त उपकरण जडान गरिए पनि अहिलेसम्म हावाबाट बिजुली निकालेको आफूहरूले थाहा नपाएको क्षेत्रीय कृषि तालीम केन्द्रका कर्मचारीको भनाइ छ । जिससका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले पनि सोबारे अनभिज्ञता प्रकट गरे । “उपकरण जडान भएको वर्ष दिन हुँदासम्म न कोही मान्छे आउँछन् न बिजुली नै निस्किएको छ, ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी बालुवामा पानीझै देखिएको छ”, क्षेत्रीय कृषि तालीम केन्द्रका एक कर्मचारीले भने, “टावर मात्रै ठडिएको छ ।” प्राविधिक रूपमा सहयोग गर्ने भन्दै आएको वैकल्पिक ऊर्जा केन्द्रले अध्ययन भइसकेका ठाउँमा हावाबाट विद्युत् निकाल्न यसअघि प्रतिमेगावाट करीब रु दुई करोडका दरले सरकारसँग बजेट माग गरेको थियो । वायु ऊर्जा उत्पादनका लागि आवश्यक सूचना सङ्कलन गरिरहेको सुने पनि त्यस्तो प्रभावकारी रूपमा सूचना सङ्कलनको कामसमेत गरेको नदेखिएको खजुरा गाउँपालिका–३ का युवा सतिश निरौलाले बताए । उनले भने, “यसको रेखदेखको जिम्मेवारी जिससले नै लिनुपर्छ, शाखा खारेज भयो भन्दैमा राज्यले लगानी गरेको लाखौँको सम्पत्ति बेवारिसे छोड्न मिल्दैन । जिससले जिम्मेवारी नलिने हो भने सम्बन्धित स्थानीय तहलाई जिम्मा दिनुपर्छ ।” अध्ययन थालिएको दुई वर्षसम्म प्राप्त हुने तथ्याङ्कका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुने बताइएको थियो तर तथ्याङ्कको अद्यावधिक कसले र कसरी गरिरहेको छ भन्ने नै कसैलाई जानकारी छैन । खजुराकै स्थानीय युवा किरण ढकाल भन्छन्, “हावाबाट बिजुली निकाल्न टावर ठड्याइएकोसुनेको थिएँ, अहिलेसम्म यो विषयमा कसरी अध्ययन भइरहेको छ भन्ने जानकारी छैन ।” तराइका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विद्युत् विकास विभागबीच समन्वय अभावमा खजुराको योजना अघि बढ्न नसकेको जानकार बताउँछन् । दुई निकायले आपसमा समन्वय गरी यसको रेखदेख र अध्ययन थाल्नुपर्ने ढकालको भनाइ छ । उनले भने, “हावाबाट बिजुली निकाल्न लगानीकर्तालाई लाइसेन्स दिने काममा विद्युत् विकास विभागको भए पनि विभागले यसबारे कुनै चासो देखाएको छैन । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies