Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लागूऔषध प्रयोग र कारोबारमा युवा

साँखु । पछिल्लो समय लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै गएको पाइएको छ । सरकार र विभिन्न सङ्घसंस्थाले लागूऔषध प्रयोगकर्ता घटाउने तथा यसको प्रयोगले हुने असरबारे सचेत गराउने विषयमा विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोगक र कारोबारमा कमी आउन सकेको छैन । महानगरीय प्रहरी वृत्त बौद्धले १४ महिनामा ६० लागूऔषध प्रयोगकर्ता पक्राउ गरी मुद्दा चलाएको छ । दर्ता भएका ३५ मुद्दामा १९ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा ३० युवा र सात किशोर लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेका थिए । चालु आवको असोज पहिलो सातासम्म १८ वर्ष भन्दा बढी उमेरका २३ जना पक्राउ परेका छन् । गत आव र चालु आवको तुलनात्मक अध्ययनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ । यसको नियन्त्रण र रोकथामका लागि हुने गरेका विभिन्न कार्यक्रम व्यवहारमा लागू भएका देखिँदैनन् । परिवारको संरक्षण नपाएका, सडक बालबालिका, कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालकालिका तथा युवा लागूऔषधको प्रयोगकर्ता बढी भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खानाल बताए । लागूऔषध प्रयोगकर्ताको अवस्था दिनदिनै दयनीय बन्दै गएको उहाँको भनाइ छ । “साथीसङ्गतका कारण थुप्रै बालबालिका कुलतमा फसेका छन्,” उनले भने । लागूऔषध सेवनकर्ता र कारोबारीको सङ्ख्या न्यूनीकरण गर्न तथा युवापुस्तामाझ यसको दीर्घकालीन असरबारे सचेतना अभियान सञ्चालनमा जोड दिनु पर्छ । प्रहरी निरीक्षक गिरी लागूऔषध प्रयोगकर्ता लागूऔषध ओसारपसारमा समेत संलग्न रहेको पाइएको बताउनुहुन्छ । गत भदौ ३१ गते मात्रै प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नक्कली पेस्तोलसहित प्रहरीले चुच्चेपाटीबाट इलामको माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिवसताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राईलाई पक्राउ गरेको थियो । उनीहरू प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । अहिले युवा हतियारसहित लागूऔषधको प्रयोग र कारोबारीमा लागेको भन्दै प्रहरीले पछिल्लो समय अनुसन्धानलाई तीव्र पारेको छ । अन्तर्राष्ट्रिय मुद्दासमेत बनेकोे लागूऔषधको नेपालमा अझै रोकथाम हुनसकेको छैन । यसको ओसारपसार र प्रयोग गर्नेमा बालबालिका तथा युवायुवतीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी गाँजा, नारोजैसिक, डाइजेपाम, एभिल, कोरेक्स, नाइट्रोसन, स्मास्मो प्रोक्सिन र खैरो हिरोइनलगायतका लागूऔषध प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies