

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट
-
-
अशोज ८ गते, २०७५ - २१:१५

बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उहाँले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताए ।
लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो÷होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र नगरपालिकाबाट नै सम्बोधन हुने गरी कार्यविधि बनाएर अगाडि बढिसकेको बताए ।
विद्यालय भवन पनि स्थानीय तहअन्तर्गतकै काम भएकाले सबै हेर्ने, गर्ने र संरक्षणको जिम्मा पनि स्थानीय तहको नै हुने भएकाले सबै जिम्मा दिएको उनको भनाइ थियो । ‘‘छिटो ढङ्गले काम गर्न र गुनासोलगायतको कामको सुनुवाइ तत्काल सम्बोधन गर्ने गरी यसअघि जिल्ला तहमा हुने गरेको काम स्थानीय तहमा नै गर्ने गरी वरिष्ठ इञ्जीनियरहरु खटाएर काम गर्ने गरी निर्णय गरेको कार्यविधि मन्त्रिपरिषद्मा गइसकेकाले पारित हुनेबित्तिकै कार्यान्वयन हुन्छ,’’ उनीले भन्छन् ।
गुनासोको छिटो सम्बोधन गर्नका लागि पुनःसर्वेक्षण गर्ने प्रक्रिया अगाडि बढाएको र निश्चित समयभित्र टुङ्गो लगाउनु पर्ने भएकाले त्यसअनुसार छिटो गतिमा काम भइरहेको उनले जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको कामले गति लिएको भएपनि चाहेजति काम नभएको भन्दै त्यसको लागि लक्षित ढङ्गले कार्यक्रम बनाइरहेको बताए । उनले त्यसको लागि सहज बनाउन प्रत्येक गाउँ तथा नगरपालिका तहको पुनःनिर्माण समितिलाई कार्ययोजना बनाउन आग्रह गरेका छौँ भने ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको सञ्जीवनी नमूना माविको भवन निर्माणका लागि भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत एशियाली विकास बैङ्कको रु नौ करोड ९८ लाख १८ हजार ५१७ सहयोग तथा शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ काठमाडौँको आयोजनामा आगामी पुस १२ गते सम्पन्न गर्ने गरी तीनवटा भवन निर्माणको काम भइरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा विसं २०७२ मा भएको भूकम्पमा परी ६९० वटा विद्यालयको पाँच हजार २१० कक्षा कोठामध्ये पूर्णक्षति भएका ९५४ कक्षा कोठा, बढी क्षति भएको कक्षा कोठा ९१४ र सामान्य क्षति कक्षा कोठा एक हजार ४८३ रहेको थियो । अहिलेसम्म ८०० वटा कक्षा कोठा निर्माण कार्य सम्पन्न भएको जिल्ला कायोजना कार्यान्वयन एकाइले जनाएको छ । बाँकी कक्षा कोठा सरकार, विभिन्न सङ्घसंस्था र एशियाली विकास बैङ्कको सहयोगमा निर्माण कार्य भइरहेको इञ्जिनियर सोभित श्रेष्ठले जानकारी दिए। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन
कैलाली । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विकासका सत्ता ठेकदार(निर्माण व्यवसायी) हरुले...भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने
भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार...पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र: प्रधानमन्त्री
धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट...पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चल्योः अध्यक्ष प्रचण्ड
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकताले पूर्णता...मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा
अङ्कारा। टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल...राजीनामा दिँदैमा कारबाहीबाट काेही पनि जोगिँदैनः प्रम
डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैमा कारबाहीबाट नजोगिने बताएका छन् । अख्तियार...भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने, प्रतिकार गर्ने
पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ। गत हप्ता भारत प्रशासित...नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता धनगढीमा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु...सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा
काठमाडौं, ७ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा...सर्वोच्चको निर्णयविरुद्ध माडीवासीद्वारा आन्दोलनको घोषणा
चितवन । राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण सम्बन्धी कुनै पनि काम नगर्न सर्वोच्च अदालतको आदेशपछि...

प्रतिकृया लेख्नुहोस्:
- पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र: प्रधानमन्त्री
- पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चल्योः अध्यक्ष प्रचण्ड
- ६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?
- डा. गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी, हेर्नुहोस् विज्ञप्ति
- सुन तस्करिका केही ठूला माछाहरु अझै पनि जाल बाहिरनै छन् – गृहमन्त्री