/  Sat, October 20, 2018

वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताएकी छिन् । श्री किरण अम्मरजंग गुरूङ्ग मावि रानिपोखरीको स्वर्णस्तम्भको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

समय अनुसार राष्ट्रको आवश्यकता पूरा गर्न वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रणालीको विकास गर्दै यसलाई अभियानको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी दाहालले सामुदायिक विद्यालयहरूले विद्यार्थी, अभिभावकहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छ भन्ने विश्वास दिलाउन आवश्यक भएको बताइन् । उहाँले अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारीहरूपनि प्रतिस्पर्र्धी हुनुपर्नेमा जोड दिइन् ।

उहाँले संघीय गणतन्त्र घोसणासँगै विद्यालय शिक्षा स्थानीय निकाय मातहत आएको भन्दै महानगरपालिका भित्रका शिक्षण संस्थाहरूमा नियमन र अनुगन गर्दै अगाडि बढाउने बताइन् । सामुदायिक विद्यालयहरूको स्तर उन्नति र गुणस्तर कायम गर्नु प्रमुख आवश्यकता रहेको बताउँदै उहाँले महानगरपालिकाले यस सम्बन्धी काम अगाडि बढाइरहेको बताइन् । श्री किरण माविको स्वर्ण स्तम्भ निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको थियो । आउँदा दिनहरूमा पनि महानगरपालिकाले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता दाहालले व्यक्त गरिन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको पक्षमा अगाडि बढिरहेको भन्दै ठूला पूर्वाधारहरू रिङ्गरोड, लिङ्करोड, सिटीहल, रानीपोखरी पार्क निर्माणको काम पनि अगाडि बढिरहेको बताइन् । सिटीहल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको र यसले भरतपुर महानगरपालिकालाई विकासको नमुना बनाउने आफ्नो एकमात्र उद्देश्य रहेको बताउँदै स्थानीय जनताको आवश्यकताको आधारमा विकासका कार्यक्रमहरू अगाडि बढाउने बताइन् । सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रको समुचित विकास एवं सुशासनको क्षेत्रमा भरतपुर महानगर अगाडि बढिरहेको प्रमुख दाहालको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगर वडा नम्वर १९ का अध्यक्ष कर्णबहादुर गुरुङ्गले विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट विद्यालयलाई सधैँ साथ र सहयोग रहने बताइन् ।

अशोज ८ गते, २०७५ - १९:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशैंमा घर जाने राजधानी फर्कन थाले, राजधानीका पसल आजपनि बन्द

दशैंमा घर जाने राजधानी फर्कन थाले, राजधानीका पसल आजपनि बन्द

काठमाडौं । दसैँ मान्न गाउँ जानेहरू फर्किन थालेपछि काठमाडौँमा चहलपहल बढ्न थालेको छ । पर्व मान्न गाउँ...   

दुर्घटनामा दुईको मृत्यु, सात घाइते

रामेछाप, ३ कात्तिक । रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै...   
रेलले किच्दा मृत्यु भएकाहरुका आफन्तलाई सरकारको राहात

रेलले किच्दा मृत्यु भएकाहरुका आफन्तलाई सरकारको राहात

एजेन्सी । भारतको पञ्जाव राज्यस्थित अमृतसर शहरमा रेलले किच्दा मृत्यु भएकाहरुका आफन्तलाई सरकारले राहत...   

बिद्यार्थी भर्ना लिने विश्वबिद्यालयको नीति नै गलतः शिक्षा मन्त्री पोखरेल

महोत्तरी । शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले विश्वविद्यालयहरुले कमजोर शिक्षक उत्पादन गरिरहेका...   
तीन वर्षमा एक सय पचास बालबालिका हराए

तीन वर्षमा एक सय पचास बालबालिका हराए

काभ्रे । काभे्रपलाञ्चोकमा तीन वर्षमा १ सय ५० महिला तथा बालबालिका हराएका छन् । हराएका ३ सय ९६ महिला तथा...   

ठुलो भर्याङमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको ठुलो भर्याङमा आज बिहान ५:४५ बजे बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७...   
शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोका बलि

शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत...   
बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत...   

अवैध लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

रुपन्देही । अवैध लागुऔषधसहित बुधबार रुपन्देहीमा श्रीमान श्रीमती पक्राउ परेका छन् । भारतबाट अबैध लागुऔषध...   

माछा मार्ने क्रममा डुबेर वृद्धको मृत्यु

इलाम, ३१ असाेज । इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा एक वृद्धको माछा मार्ने क्रममा मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top