Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ । राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे तापनि केही मात्रामा स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गर्ने कार्य गरिरहेका छन् । सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन् । सांसद महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकासनिर्माणका कार्य कसैले रोक्न नहुने बताए । उनले भने, “काम गर्दा समस्या आउँछ, समस्या आएपश्चात् समाधानको बाटो खोज्न सरकार तयार छ । पीडित पक्ष वार्ता र छलफलमा आउनुपर्छ, अवरोध गरेर समस्या समाधान हुँदैन । सरकारको आग्रहलाई बेवास्ता गरी आन्दोलन गरे प्रशासन जवाफी कारवाही गर्दै विकास निर्माणका कार्य द्रुत गतिमा अघि बढाउँछ ।” निरीक्षणका क्रममा पूर्वमन्त्री बस्नेतले भन्नुभयो “कोटेश्वर–जडीबुटीमा सवारी जामका कारण लाखौँ मानिसको लामो समय बर्बाद भइरहेको छ र त्यसलाई दीर्घकालीन समस्या समाधान गर्न सुरुङमार्ग, वैकल्पिक मार्गलगायत कार्य अघि बढिरहेको छ । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुल निर्माणका प्रक्रियामा रहेका छन् । ती दीर्घकालीन योजना पूर्णरुपमा सञ्चालनमा नआउञ्जेल अस्थायीरुपमा बालकुमारीदेखि हनुमन्ते–मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो बेलिब्रिज बनाउने प्रक्रियामा अघि बढेका हौँ ।” विभागका महानिर्देशक श्रेष्ठले बेलिब्रिज सम्भव भएसम्म आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने बताए । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा सवारी चाप समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटीलगायत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies