Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुस्तावासीको पीडाः न भूमि पायौँ न नागरिकता

परासी ।  भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नेपाली भूमि सुस्ताका बासिन्दा नागरिकताको अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् । तत्कालीन त्रिवेणी सुस्ता गाविस वडा नं ४९ हाल सुस्ता गाउँपालिकाको वडा नं ५० मा पर्ने सुस्तामा कूल तीन हजार १३३ जनसङ्ख्या रहेकामा २५६ जनाले मात्र नागरिकता पाएका छन् । तीमध्ये पनि अधिकांशको जन्मका आधारमा नागरिकता छ । यसले गर्दा उनीहरुको सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । वर्षौंदेखि सुस्ताको भूमिमा बस्दै आएका उनीहरुले विसं २०६३ को घुम्ती टोलीबाट सो नागरिकता लिएका थिए । जनआन्दोलन–२ पछि सरकारले जन्मको आधारमा नागरिकता वितरण गरे पनि त्यसबेला आफ्नो भूमि बचाउन लड्दालड्दै सुस्तावासीले नागरिकता बनाउनै भ्याएनन् । “त्यतिबेला नै भारतले हाम्रो भूमि कब्जा गर्न थाल्यो, हामी नागरिकता लिन जाने कि आफ्नो भूमि बचाउने रु” सुस्ता बचाऔँ अभियानका कोषाध्यक्ष नुर्जा वेगम९लैला०ले गुनासो पोखे । “हामीलाई त्यतिबेला नागरिकताभन्दा आफ्नो भूमि प्यारो लाग्यो, भूमि बच्यो भने नागरिकता त पछि पनि पाइन्छ भनेर हामी भूमि बचाउन लड्यौँ, त्यतिबेला केही व्यक्तिले नागरिकता टोलीमा पुगेर नागरिकता पनि लिए”, नुर्जाले भने, “मेरो पनि नागरिकता छैन, त्यसपछि सुस्तामा कहिल्यै टोली आएन, नागरिकता बनाउन प्रशासनमा जाँदा अहिले अधिकार छैन भन्छन्, हामी देशको लागि मर्न तयार भयौँ तर देशले हामीलाई नागरिकता पनि दिँदैन, नागरिकता पाउने हाम्रो अधिकार होइन रु” देशका ठूलाठूला नेता, प्रधानमन्त्री, मन्त्री सुस्ता आएको तर आफ्ना लागि आश्वासनबाहेक केही नभएको उनले बताए । हामी देशको भूमि बचाउन लडिरह्यौँ, न भूमि फिर्ता पायौँ, न त नागरिकता पायौँ, राज्यले हामीले धेरै अन्याय गरेको छ”, उनले भने। नागरिकता नहुँदा सुस्तावासीले राज्यबाट पाउने सेवासुविधा पाउन सकेका छैनन् । वृद्धभत्ता, सरकारी कार्यालयले दिने अनुदान, ऋण पनि पाउन समस्या हुनाका साथै उद्योग, व्यापार गर्न खोज्दा पनि नागरिकता नहुँदा समस्या भएको सुस्ता बचाऔँ अभियानका उपाध्यक्ष एवं हाल वडासदस्य आदम खाँले रासससँग भने, “सुस्तावासी देशका लागि लड्ने सच्चा नेपाली राष्ट्रभक्त भएको तर यही देशमा म नागरिक हुँ भन्न पनि हामीले पाएका छैनौँँ”, उनले दुःखेसो पोखे । नागरिकता नहुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सीमास्तम्भ राखी नापजाँच गरेपछि जोतभोग गरिरहेको जग्गा पनि आफ्नो नाममा कसरी दर्ता गराउने भन्ने चिन्तामा आफूहरु रहेको खाँले बताए। विसं २०२९ मा सरकारले नापजाँच गरी ५५६ बिघा जमीनको लालपूर्जा दिएको छ । तत्कालीन पहाडी समुदायको बस्ती रहेको सो स्थानमा विसं २०३४ मा भीषण बाढी आएर मरुभूमीकरण भएपछि उनीहरुलाई सरकारले त्रिवेणीको केउलानी, साहुमारालगायत स्थानमा स्थानान्तरण गरेको थियो । सुस्ताको भूभाग कूल ४० हजार ९८० हेक्टर क्षेत्रफल रहेकामा १४ हजार बढी अतिक्रमण भइसकेको जिकिर गरिएको छ । बाँकी रहेको जमीनको पनि लालपूर्जा छैन । यसले गर्दा सुस्तावासीले अनेकौँ समस्या खेप्न बाध्य छन् तर नेपालको नयाँ संविधानमा नागरिकतासम्बन्धी व्यवस्थाले अब नागरिकता पाउनेमा आफूहरु विश्वस्त रहेको सुस्तावासीले बताएका छन् । सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले राज्यले जन्मका आधारमा नागरिकता वितरण गर्न रोकेका कारण सुस्तावासी मात्रै नभएर देशैभरी रहेका नागरिकले समस्या खेप्नुपरेको बताए। नयाँ संविधानमा नागरिकता पाउने व्यवस्था र कानून पनि निर्माण भइरहेकाले अब सुस्तावासीले नागरिकता पाउने उनले विश्वास व्यक्त गरे । “खुला सिमानाका कारण दैनिकजसो भारतीय पनि त्यहाँ आइरहने हुनाले पहिचान गर्न गाह्रो हुन्थ्यो तर अब सो वडाबाट जनप्रतिनिधि निर्वाचित भएकाले उनीहरुले पहिचान गर्न सक्ने भएकाले अब नागरिकता वितरण गर्न समस्या आउँदैन”, पाण्डेको भनाइ थियो । नेपाली भूमि सुस्ता पुग्न नेपालको पक्लिहवाबाट नारायणी नदीमा डुङ्गा तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्छ वा त्रिवेणी ब्यारेजबाट भारतको भैँसालोटन, भेडिहारी हुँदै जङ्गलको हिलाम्मे बाटो भएर पुग्नुपर्छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies