Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नेपाललाई उपकरण सहयोग

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ । तेस्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत जापान अन्तराष्ट्रिय सहयोग नियोग ९जाइका० ले करीब रु एक अर्ब बराबरको भौतिक एवं चिकित्सकीय उपकरण अस्पताललाइ प्रदान गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा प्रदान गरिएका ती सामग्रीमा डिजिटल मनोग्राफ, सिएम एक्सरे मसिन, भेन्टिलेटर, प्याटिएण्ट मनिटर, एनेथेसिया मेसिन, भिडियो अर्थस्कोपी सेटलगायत छन् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेपालका लागि जापानका राजदूत मासामिसी साइगो र जाइकाका नेपाल प्रतिनिधि जुन साकुमाले ती सामग्री हस्तान्तरण गरे । जाइकाले त्रिविवि शिक्षण अस्पतालको भौतिक पूर्वाधार एवं उपकरणका लागि सन् १९८३ मा सर्वप्रथम र सन् १९९२ मा दोस्रो पटक सहयोग प्रदान गरेको थियो । करीब सात सय श्ययाको सो अस्पतालमा चिकित्सा विधाका सबै तहका अध्ययन एवं अध्यापन हुने गर्दछ । शिक्षण अस्पतालमा सबै भौतिक संरचना जापानी नमूनामा बनेका छन् । सन् २०१५ को विनाशकारी भूकम्पले अस्पतालको भौतिक संरचनालाई क्षति पु¥याएको थिएन । कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा र स्वास्थ्य सेवा सुधारमा जापान सरकारको सहयोग महत्वपूर्ण रहेको बताए । जापानी राजदूत साइगोले नेपालको आर्थिक एवं सामाजिक विकासमा आगामी दिनमा जापान सरकारले निरन्तर सहयोग जारी राख्ने छ भने । त्रिविविका उपकुलपति प्रा डा तीर्थराज खनिया, चिकित्सा अध्ययन सस्थानका डिन प्रा डा जगदीश अग्रवाल, अस्पतालका पूर्व कार्यकारी निर्देशक प्रा डा दीपकप्रकाश महराले शिक्षण अस्पतालको विकासमा जापान सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद दिए। रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies