Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा ए डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै पाँच खेलाडी अनुबन्ध गरेको छ । मनाङले मिडफिल्डर सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर एवं राष्ट्रिय टोलीको कप्तान विराज महर्जनलाई क्लबमा अनुबन्ध गरेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लबबाट गोलकिपर विकेश कुथु, डिफेन्डर सुमन अर्याल तथा फरवार्ड भरत खवास र नवयुग श्रेष्ठले ए डिभिजन लिग खेल्ने छन् । थ्रीस्टार क्लबबाट गोलकिपर एलन न्यौपाने, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर नीराजन खड्का र सुनिल बलले खेल्नेछन् । च्यासल युथ क्लबबाट देवेन्द्र तामाङ र हेमन्त थापामगरले खेल्ने छन् भने एपिएफ क्लबबाट आदित्य चौधरीले खेल्ने छन् । डिफेन्डर दिनेश राजवंशी नेपाल पुलिस क्लबमा आबद्ध छन् । स्टार स्ट्राइकर विमल घर्तीमगरको भने अहिलेसम्म क्लबको टुङ्गो लाग्न सकेको छैन । विमललाई लिन थ्रीस्टार र च्यासल युथ क्लबले छलफल अघि बढाएका छन् । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टोली (एनआरटी) , ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौं टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले रु एक लाख तथा प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच हुने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies