Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चुनाव मालदिभ्सको, चासो भारत-चीनको किन ? यस्तो छ नाता

माल्दिभ्समा भएको राष्ट्रपतीय निर्वाचनअन्तर्गतको मतदान पूर्वानुमान गरिएभन्दा तीन घण्टा लम्बिन पुगेको छ।

स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको थियो। अधिकारीहरूले मत खसाल्नेहरूको लामो लाइनका कारण मतदानको समय थप्नुपरेको बताएका छन्। पूर्ण मतपरिणाम घोषणा हुन एक सातासम्म लाग्नसक्ने बताइएको छ। चीनसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका राष्ट्रपति अब्दुल्लाह यामीनमाथि मानव अधिकार हनन तथा आफ्ना धेरैजसो प्रतिद्वन्द्वीहरूलाई थुनामा राखेको आरोपहरू लागेपनि उनले दोस्रो पटक राष्ट्रपतिमा चुनिने आशा उनले गरिरहेका छन्। [caption id=\"attachment_207706\" align=\"alignleft\" width=\"850\"]\"\" अधिकारकर्मीहरूले राष्ट्रपति यामिनको सरकारमाथि धाँधली गर्न खोजेको आरोप लगाएका छन् [/caption] मुख्यालयमा छापा राष्ट्रपतीय निर्वाचनका अर्का उम्मेद्वार भारतनिकट रहेका भनिएका इब्राहिम मोहम्मद हुन्। हिन्द महासागरमा रहेको टापुराष्ट्र माल्दिभ्समा आफ्नो प्रभाव जमाउन खोजिरहेका क्षेत्रीय प्रतिद्वन्द्वीहरू भारत तथा चीनले मतदान प्रक्रियालाई नजिकबाट नियालिरहेका छन्। युरोपेली सङ्घ तथा अमेरिकाले मतदान स्वतन्त्र तथा निष्पक्ष नभए माल्दिभ्सविरुद्ध प्रतिबन्धहरू लगाउने धम्की दिएका छन्। मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको मुख्यालयमा प्रहरीले छापा मारेको थियो। गत फेब्रुअरीमा सर्वोच्च अदालतले विपक्षी दलका ९ जना राजनीतिक आस्थाका बन्दीहरुलाई हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएको थियो।

चीनसँगको नाता

जसमा निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहम्मद नासिद पनि थिए जो सन् २०१२ मा सत्ताच्यूत गरिएका थिए। तर त्यसपछि राष्ट्रपति यामिनले संकटकाल घोषणा गर्दै दुईजना न्यायाधीशहरूलाई पक्राउ गर्न आदेश दिएका थिए। जसलाई अदालतले उल्टाएको थियो। १ हजार १ सय ९२ वटा टापुहरूले बनेको माल्दिभ्सको मुख्य अर्थतन्त्रको स्रोत पर्यटन हो। ४ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त देशमा अन्य मुलुकबाटभन्दा अहिले चीनबाट धेरै पर्यटक भ्रमणमा जाने गर्छन्। राष्ट्रपति यामिनको कार्यकालमा मालदिभ्सले चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्नुका साथै प्रमुख परियोजनामा चिनियाँ लगानीको स्वागत गरेको छ। विश्लेषकहरूका अनुसार बेइजिङलाई आफ्नो स्वार्थमा धक्का पुग्नसक्ने गरी त्यहाँ सरकार परिवर्तन हुने चिन्ता छ भने आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वीसँग राष्ट्रपति यामिनको न्यायो सम्बन्धप्रति भारतको चासो देखिन्छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies