Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । आजको समाचारपत्र दैनिकमा खबर छ–अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो । उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए । बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताए । आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा अदालतमा दिएको बयान सम्झँदै सूचना अधिकृत भट्टराईले जनाए । बुबाले गर्भवती छ/छैन भनी पिसाब जचाउन लगेको, पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए । उनी गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना उनले बनाए । ‘उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको रहेछ तिमीलाई अस्पताल लगी जँचाउनुपर्दछ’ भने । उनले छोरीको गर्भमा रहेको बच्चा फाल्न चावहिलको सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेण्टर प्रालिमा लगेको प्रहरीको अनुसन्धानपछि खुल्न आयो । घटनाको अनुसन्धानमा महानगरीय प्रहरी वृत्त चापागाउँ जुटेको थियो । त्यस मेडिकलमा लगी आफूलाई बायाँ पाखुरामा एउटा सुई दिएको थाहा पाएकी र त्यसपछि के भयो थाहा नभएको उनले बयान दिइन् । उनले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतसम्म पनि एक शब्द पनि तलमाथि नगरी बयान दिइन् । उनले बयान दिँदै भनेकी थिइन्– ‘भोलिपल्ट म होसमा आउँदा मेरो योनीमा प्याड लगाएको र रगत बगिरहेको थियो, अहिलेसम्म मेरो पेट दुखिरहन्छ, राम्रोसँग हिँडडुल गर्नसमेत मिल्दैन ।’ उनकी आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । आमा मलेसिया गएपछि उनी र बहिनी बुबासँगै डेरामा बस्न थाले । उनले आफ्ना बाबुले आफूमाथि यस्तो हर्कत गर्छन् भन्ने जीवनमा कहिल्यै पनि सोचेकी थिइनन् । जब छोरी आफैंबाट गर्भवती भएको थाहा पाए, त्यसपछि उनले विदेशमा रहेकी श्रीमतीसँग छोरीको अप्रेसन गर्नुपर्छ भन्दै ५० हजार पठाउन आग्रह गरे । विदेशबाट पठाएको त्यही पैसाले उनले छोरीको गर्भपतनसम्म गर्न सफल भए । आफ्नो छोरीको अप्रेसन गर्ने भन्ने कुरा सुनेर अत्तालिएकी आमा मलेसियाबाट श्रीमान्लाई थाहै नदिई नेपाल फर्किइन् । श्रीमतीलाई उनले छोरीलाई के रोग लागेको केही प्रस्ट पारेका थिएनन् । श्रीमती नेपाल फर्केको थाहा पाउनेबित्तिकै छोरीसहित बेपत्ता भए उनी । श्रीमती नेपाल फर्केपछि श्रीमान् र छोरी हराएको भन्दै प्रहरीमा जाहेरी दिँदै खोजिदिन आग्रह गरिन् । केही दिनमा प्रहरीले श्रीमान्सहित छोरी फेला पार्यो। आमाले छोरीलाई भएको बिरामको विषयमा सोधपुछ गर्दा बुबाले आफूलाई गरेको हर्कत जस्ताको त्यस्तै नढाँटी सुनाइन् । त्यसपछि यो घटना सतहमा आयो । बाबुले पनि छोरीलाई बलात्कार गरेको स्वीकारे । उनले बयान दिँदा भनेका थिए– ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies