Khabar Dabali Logo
  June 24, Mon

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

नारायण न्यौपाने । काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गरे ।

प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नेछन् । ७३औँ महासभा आगामी मङ्गलबारदेखि आरम्भ हुँदैछ । महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।

दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सहभागी छन् ।

महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्ति कार्य गर्नेसम्बन्धी उच्चस्तरीय बैठक’ लाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्कस्थित एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’सम्बन्धी विषयमा प्रवचन दिनुहुनेछ । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन् । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्रीको भ्रमणदलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

अशोज ६ गते, २०७५ - २१:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

काठमाडौं । नम्बर वान अभिनेत्री रेखा थापासँग मिलेर चलचित्र मालिका निर्माण गरेका नरबहादुर कार्कीलाई...   
विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला...   
चितवनमा नेकपाकाे जिल्ला नेताले  खाए सपथ, हेर्नुहाेस् नामावली

चितवनमा नेकपाकाे जिल्ला नेताले खाए सपथ, हेर्नुहाेस् नामावली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।...   

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका...   

बिरामीको मृत्युपछि नर्सिङ होममा तोडफोड

मोरङ । पाठेघरसम्बन्धी बिरामी महिलाको उपचारको क्रममा मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट...   

लेखिकाले लगाइन् ट्रम्पमाथि यस्ताे अाराेप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले...   

नेतृत्वले आत्मसमीक्षा गर्ने बेला आयो : वरिष्ठ नेता नेपाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा...   
अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिका । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।  शुक्रबार...   
वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

चितवन । बिहानैबाट आएको लगातारको वर्षाका कारण आज भरतपुर बिमानस्थलका सबै उडान रद्द भएका छन् । उडानका...   
१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

काठमाडौं । अाज बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे बैठक राजनीतिक दस्तावेज छाप्ने निष्कर्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top