Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन

नयाँ दिल्ली, भारत, ५ असोज । एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्य भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय अधिकारीले शुक्रबार बताएका छन् । मृतक सिंहमध्ये अधिकांश बच्चा रहेको अधिकारीले बताएका छन् । एउटा पोथी सिंहले बिषादीको प्रयोग गरी मारिएको बँदेल खाएका कारण मरेको थियो भने अन्य आठ वटा फोक्सो तथा कलेजोमा सङ्क्रमण भै मृत्यु भएको थियो । बिरामी बनेका तीन बच्चा (सिंह) एक आपसमा झगडा गर्ने क्रममा मरेका थिए भने अन्य तीन उपचारका क्रममा मरेका थिए । गुजरातका अधिकारीहरूले मृत सिंहलाई सङ्क्रमण र मृत्युको कारणबारे छानविन गर्न पशु अस्पताल पठाइएको छ । सामन्यतया मृत्युको कारण रोगको कारण सङ्क्रमण वा प्राकृतिक भएको जस्तो देखिएको स्थानीय वन विभाग कार्यालयका अधिकारी विजय चौधरीले एएफपीसँग बताए । सन् २००० मा उच्च सङ्कटको सूचीमा रहेका भनी सूचीकृत गरिएको थियो । भारतको गुजरातमा रहेको गिर राष्ट्रिय निकुञ्जको एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रफलमा मात्र सिंह पाइने गर्छन् । यो क्षेत्रलाई गुजरातको प्रमुख पर्यटकीय आकर्षणका रूपमा लिने गरिन्छ । तर पछिल्ला दिनहरूमा सिंहको चोरीशिकारी बढेको छ । विज्ञहरूले यतिधेरै सिंहको १० दिनभित्र मृत्यु हुनुलाई प्राकृतिक घटना भनेर नजरअन्दाज गर्न नहुने बताएका छन् । सिंहको सङ्क्रमणबारे रोकथामका लागि सिंहको बथानको गतिविधि तथा सम्भावित आहारविहारमाथि निगरानी राख्ने र समस्याको निराकरण गर्नुपर्ने वन्यजन्तु विज्ञ तथा वन्यजन्तु समितिका सदस्य प्रियव्रत गाधवीले एएफपीसँगको कुराकानीमा बताए । सन् २०१५ मा गरिएको सिंह गणनामा एसियामा पाइने सिंहको सङ्ख्या ५२१ रहेको थियो । जसमध्ये सन् २०१६ मा १० वटा सिंहको बाढीले बगाएर मृत्यु भएको थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies