Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

देशको ऋण संकट समाधान गर्न भैसी पनि बेच्ने तयारीमा इमरान खान

पाकिस्तानी सरकार पैसाको कमीसँग जुधिरहेको छ । इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले यो कमी पूर्ति गर्ने अनौठो विकल्प भेटेको छ – प्रधानमन्त्री कार्यालयको बिलासी कार र हेलिकप्टरहरु बेच्ने । यो कार्यलाई मूर्त रुप दिन प्रधानमन्त्रीको आवासको अगाडिको खाली ठाँउमा अहिले बिलासी कारहरुमाथि इच्छुक ग्राहकले बोली लगाउँदै छन् । बुलेट प्रुफ र ठूला विलासी कारहरुले कयैन खरिददारहरलाई आकर्षित ग¥यो । तर खरिददारको चाखको बाबजुद सरकारले चाहेजति रकम भने उठ्न सकेको छैन । सरकारले यो लिलामीबाट १ करोड ६० लाख डलर आउने आसा गरेको छ तर हालसम्म ६ लाख डलर मात्रै उठेको छ । आफू जुधिरहेको ऋण संकट समाधन गर्नको लागि पाकिस्तानी सरकार आफ्नो स्वामित्वमा रहेका अन्य कयैन बस्तुहरुको लिलामी गर्ने सोच बनाइरहेको छ । यस कोशिश अन्तर्गत मन्त्रीमण्डलको प्रयोगको लागि राखिएको चार हेलिकप्टर पनि लिलामी हुनेछन् । बोली लगाउनेहरु यसको लिलामीलाई लिएर निक्कै चाख मानिरहेका छन् । हेलिकप्टरको लिलामीहरु यो महिनाको अन्त्यमा हुनेछ । खानको सरकार प्रधानमन्त्रीको आवासमा रहेको आठ वटा भैसी पनि बेच्दैछ भन्ने चर्चा रहेको छ । तर सरकारले आधिकारिक रुपमा अहिलेसम्म यसबारेमा केही भनेको छैन । यो महिनाको शुरुमा प्रधानमन्त्री इमरान खानको सहयोगी नइमुल हकले भैंसीहरुको लिलामीको कुरा निकालेका थिए । उनले यसबारेमा ट्वीट गरेर सबैलाई अचम्मित पारिदिएका थिए । उनले ट्वीटमा कारहरुको लिलामीपछि ८ वटा भैंसीहरु पनि लिलामी गरिनेछ लेखेका थिए । उनले ती भैंसीहरुको बारेमा व्यङ्ग्य गर्दै लेखेका छन् कि ती भैंसीहहरु पूर्व प्रधानमन्त्री नवाजले आफ्नो ‘ग्यास्ट्रनोमिक्स’ आवश्यताको लागि राखेका थिए । इमरान खान यही वर्ष जुलाईमा पाकिस्तानको प्रधानमन्त्री बनेका हुन् । पद सम्हालेपछि नै उनले सरकारी कामहरुमा मितव्ययी अभियान चलाएका छन् । तथापी आलोचकहरुले यो अभियान यथार्थमा भएभन्दा बढी देखाउनलाई भएको आरोप लगाएका छन् । अघिल्लो महिना इमरान खान ट्राफिक जाम छल्नको लागि हेलिकप्टर प्रयोग गरेर आफ्नो घर गएकोमा आलोचनाको निशानामा परेका थिए । केही मानिसहरुले सरकारको कारहरुको लिलामी नयाँ कुरा नभएको बताएका छन् । यो सधैं भइरहने कार्य भए पनि इमरान खानले यसलाई प्रचार गरेको उनीहरुको भनाई रहेको छ । सोमबार १०० भन्दा बढी कारहरु लिलामीमा राखिएको थियो जसमध्य आधा बिलासी कार थियो । तथापी ती मध्य ६२ कारहरु मात्रै बिके । लिलामीमा राखिएका कारहरुमा सबैभन्दा महंगो कार थिए दुई वटा एस–६००एस । यी कारहरु सन् २०१६ मा पूर्व–प्रधानमन्त्री नवाज शरीफको पालामा किनिएको थियो । जब यी दुई कारहरु प्रत्यकको लागि १३ लाख डलरको शुरुवाती बोली लगाइयो त्यहाँ बोली लगाउनलाई पुगेका करिब ५०० मानिसहरु हाँस्न थाले । यी दुई कारमाथि कसैले बोली लगाएनन् । ती बाहेक अन्य बिलासी कारहरुमा सात वटा बीएमडब्ल्यू र १९९३ मा बनेको १४ मर्सिडिज बेन्ज एस–३०० पनि बिकेनन् । लिलामीमा ल्याइएको अर्को महंगो कार थियो टोयोटा २०१५ बुलेट प्रुफ ल्याण्ड क्रुजर जसको मुल्य करिब दुई लाख डलर थियो । केही कारहरु बिलासी नभएर सामान्य कारहरु थिए जुन ८० को दशकमा नै लिइएको थियो । रावलपिण्डीका अफजलले दुई कारहरु किने । त्यसमध्ये एउटा त्यहाँ बेचिएको सबैभन्दा कम रकमको कार थियो । यसमध्ये एक सुजुकी मेहरान भनिने २००५ को एक ह्याचब्याक मोडल पनि छ, जसलाई उनले ४००० डलरमा किने । अफजलनले उक्त कार आफ्नो छोराको लागि किनेका हुन् । कारमा बढी रकम तिरेको बारेमा उनी भन्छन्,“यसको लागि बढी पैसा तिरेकोमा मलाई पछुतो छैन । आखिरमा यो पैसा सरकारी कोषमा नै जाने हो । हाम्रो प्रधानमन्त्री पनि यही त चाहन्छन् । ” कराँचीबाट आएका एक व्यक्तिले चार २००५ आम्र्ड मर्सिडिज जीपमध्य एक किने । उनले आफ्नो मालिक औषधी उद्योगको भएको र जुनसुकै हालतमा पनि विरासी गाडी चाहेको बताए । बोली लगाउनको लागि आएका मानिसहरुमध्य कयैनमा सरकारले भविष्यमा लिलाम गर्ने भनिएको चार हेलिकप्टर र आठ भैसींहरुमा चाख थियो । त्यीनको लिलामी छिट्टै हुँदैछ । ऋण समस्यासँग जुध्नको लागि बिलासी कार बेच्नु अतिरित्त पाकिस्तानको नयाँ सरकारले सरकारी स्वामित्व रहेको भवनहरुलाई विश्वविद्यालयमा बदल्दैछ । त्यसका अतिरिक्त उसले सरकारी कार्यालयहरुमा रहेको एयर कण्डिश्नर हटाउने योजना पनि अघि सारेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies