Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उत्तर र दक्षिण कोरिया मिलेः २०३२ को ओलम्पिकका लागि मिलेर प्रस्ताव हाल्ने

उत्तर र दक्षिण कोरियाले सन् २०३२ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न संयुक्त प्रस्ताव गर्ने सहमति गरेका छन् । तीन दिने भ्रमणका क्रममा मंगलबार प्योङयाङ पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्तापछि दुई कोरियाले यो सहमति गरेका हुन् । बुधबार प्योङयाङमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा अब शान्तिका दिन सुरू भएको बताए । उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियार र त्रासरहित बनाउन आफूहरूबीच सहमति भएको बताए । अमेरिकाले त्यही अनुसारको ‘डिल’ गरे योङ्बोस्थित आणविक केन्द्र पनि बन्द गर्न किम सहमत भएका छन् । राष्ट्रपति मुनले उत्तर कोरिया विदेशी विज्ञ परीवेक्षकको सहभागितामा मुख्य आणविक केन्द्र तोङछांग्री मिसाइल इन्जिन टेस्ट साइट सधैँका लागि बन्द गर्न सहमत भएको बताए । उत्तर कोरियाली नेता किमले आफू निकट भविष्यमै दक्षिणको राजधानी सउल जाने बताएका छन् । उनी सउल आउने पहिलो उत्तर कोरियाली शासक हुनेछन् । दुई कोरियाबीच प्रायद्वीपमा हुने द्वन्द्वको त्रासलाई हटाउन संयुक्त सैन्य संरचना बनाउने पनि सहमति भएको छ । पूर्व र पश्चिम दुबैतिरबाट एक वर्षभित्र दुई देशबीच रेल चलाउने सहमति पनि उनीहरूले गरेका छन् । गत अप्रिलमा दक्षिणको सीमावर्ती गाउँमा दुई नेताबीच पहिलो शिखर वार्ता भएको थियो । त्यसपछि जुन १२ मा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा बैठक भएको थियो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies