Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सडक निर्माण विवाद भएपछि सल्टाउन आग्रह

नेपालगञ्ज। नेपालगञ्जदेखि राप्तीपारी नरैनापुर गाउँपालिका कट्कुइयाँसम्म निर्माणाधीन हुलाकी राजमार्ग नक्साङ्कनमा भएको विवाद सुल्झाउनका लागि पहल थालिएको छ । उक्त राजमार्गअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकखण्डमा सर्भेक्षण र नापी गरिए पनि सो विपरीत काम अघि बढाइएकाले विवाद बढ्न गई अवरोध भएको थियो । सरकारी लगानीको हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर २०७३ फागुनदेखि निर्माण थालेको थियो । निर्माण २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेपनि उक्त आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीबीच नक्साङ्कनकै विवादका कारण गत बैशाखदेखि निर्माण ठप्प हुनाका साथै द्वन्द्व बढ्न सक्ने भएकाले जिल्लास्थित क्रियाशील संवाद समूहले संवाद प्रक्रिया अघि बढाउँदै आएको हो । स्थानीय जग्गाधनी, सरोकारवालालगायतसँग संवाद र सहजीकरण गर्दै आएको उक्त समूहले बाँके क्षेत्र न १ ९क० का प्रदेशसभा सदस्य कृष्णा केसी सहित भौतिक पूर्वाधार विकास मन्त्रालयमा उक्त विषयमा ज्ञापनपत्र बुझाएको छ ।सडक नक्साङ्कनको विवाद बहुपक्षीय र सरकारसँग जोडिएको कानूनी र प्राविधिक विषय भएकाले सोहीअनुसारको पहल गरिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । स्थानीयस्तरमा थालिएको संवाद प्रक्रियाले विवादलाई संवादको स्थितिमा ल्याए पनि सार्थक र स्थायी निकासका लागि राजनीतिक दल र सरकारले नै अविलम्ब पहल गर्नसमेत सुझाइएको छ । प्रदेशसभा सदस्य केसीले नक्साङ्कन विवाद सम्बोधन हुनेगरी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नक्साङ्कनबमोजिम नै सडक निर्माण गर्ने गरी त्यस भित्रका जग्गाधनीलाई मुआब्जा र जग्गा फिर्ताका लागि प्रक्रिया अघि बढाउन सकिने उनले आश्वासन दिए । उक्त विषयमा प्रदेशका अन्य सम्बद्ध मन्त्रालयका साथै केन्दीयस्तरमा , शहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पनि जानकारी गराइसकिएको जनाइएको छ । हुलाकी राजमार्गको पूर्व र पश्चिमतर्फ सडक ग्राभेल गरिसकिए पनि सो सडकखण्डको ३०० मिटर बाटोमा खाल्डाखुल्डी छ । निर्माण रोकिएपछि यात्रुलाई आवातजावतमा समस्या पर्नुका साथै स्थानीय बासिन्दा पीडित भएकाले अविलम्ब निकास खोज्न चौतर्फी दबाब बढ्दै आएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies