Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संसदमा के दिए गृहमन्त्रीले जवाफ ? हेर्नुहोस् २ हजार शब्दमा निर्मलादेखि रोहितसम्म

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिएका छन् । गृहमन्त्री बादलले शुक्रबार संसदमा कञ्चनपुरमा बलात्कारपछि हत्या भएको निर्मला पन्त, रोल्पाको सुलिचौरका नेपाली कांग्रेस कार्यकर्ता रोहित पुनको हत्या सम्बन्धमा जवाफ दिएका हुन् । गृहमन्त्री बादलको जवाफ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छाैं । सम्माननीय सभामुख महोदय, सम्मानित संसदमा माननीय सांसदज्यूहरुले उठाउनुभएको गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा चासो, चिन्ता र प्रश्नहरु उठाउनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । निर्मला पन्तको बलात्कार पछि हत्याको घटना सम्बन्धमा माननीय सांसदज्यूहरुले कञ्चनपुर जिल्लाको घटनाको बारेमा संवेदनशीलता देखाउनु भएको र घटनाको निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिरहनुभएको छ । भीमदत्त न.पा. २ बस्ने यज्ञराज र दुर्गा देवी पन्तको छोरी वर्ष १३ की निर्मला पन्तको बलत्कार पछिको हत्याको घटनामा गरिएको छानबिन तथा अनुसन्धानको विषयलाई लिएर भएको विरोध प्रदर्शनका घटनाहरु र नागरिक तहबाट भएको माग सम्बोधन गर्ने विषयलाई गम्भीरतापूर्वक लिई गृह मन्त्रालयले मिति २०७५/०५/०७ को निर्णयानुसार उच्चस्तरीय छानबीन समितिको गठन गरेको छ । समितिले छानबीन कार्य प्रारम्भ समेत गरिसकेको अवस्थामा पुनः भएको विरोध प्रदर्शन ध्वंशात्मक भई सरकारी सम्पत्तिमाथि क्षतिपुग्ने गतिविधि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दा हुनगएको मानवीय क्षतिको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु साथै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । नेपाल सरकारले मृतकलाई शहीद घोषणा समेत गरिसकेको जानकारी गराउन चाहान्छु ।मृतक निर्मला पन्त र सनी खुनाको परिवारलाई राहत स्वरुप सरकारले १०/१० लाख रुपैयाँ उपलब्ध गराएको छ । घाइतेहरुलाई हेलीकोप्टरबाट काठमाडौ ल्याई सरकारले शुल्क व्यहोरी उपचार भइरहेको छ ।उक्त घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी छ । अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याउन र अनुसन्धान एवं अन्य कार्वाहीको सिलसिलामा कहिँकतैबाट कुनै किसिमको लापरवाही वा गल्ती भएको पाईएमा संलग्न जो कोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सोही बमोजिम मातहत निकायलाई निर्देशन गरिएको छ । महिला तथा वालबालिकाको समानता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूतिको लागि कुनै पनि किसिमका अपराधका घटना नियन्त्रणका लागि मन्त्रालय क्रियाशील छ । महिला तथा वालबालिका माथि गरिने बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाका दोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिईने कुरामा म माननीय सांसदहरुलाई विश्वस्त गराउन चाहान्छु । साथै यस घटनाको निष्पक्ष छानविनलाई प्रभाव पार्ने गरी कुनै किसिमको अवाञ्छित र अतिरञ्जित अभिव्यक्ति र व्यवहार हुन गर्न नदिने तर्फ सम्बद्ध सवैपक्षको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य छानविन र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडीत परिवारलाई न्याय दिलाउने कार्यमा सबैको सहयोग लागि समेत अनुरोध गर्दछु । सम्माननीय सभामुख महोदय, बर्दिया जिल्लामा हिरासतमा रहेका व्यक्तिको मृत्युभएको घटनाका सन्दर्भमा माननीय सांसदज्यूले प्रश्न उठाउनुभएको छ । मिति 2075/05/07 गते वर्दिया जिल्ला गुलरिया नगरपालिका 5 स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा माननीय उप-प्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवज्यूको कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेको अवस्थामा स्वतन्त्र मधेशी गठबन्धन (सि.के.राउत समूह)का राममनोहर यादव समेतले नेपालको स्वतन्त्रता, प्रादेशिक अखण्डता र राष्ट्रियतामाथि अपमान हुनेगरी नारा लगाई घृणा द्वेष फैलाई राष्ट्रिय हित प्रतिकूल काम गरी उक्त कार्यक्रम समेत विथोल्न खोजेको हुँदा जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरी टोलीले बाँके जिल्ला जानकी गाउँपालिका बडा नं. 6 बस्ने राममनोहर यादव समेतलाई तत्काल पक्राउ गरी राज्य विरुद्बको कसुरमा मुद्दा दर्ता गरी सम्मानित वर्दिया जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धानको लागि हिरासतमा राखिएकोमा मिति 2075/05/14 गते विहान अन्दाजी 6.15 बजे निज राममनोहर यादव एक्कासी विरामी भई वेहोश भएकोले निजलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल वर्दिया लगिएकोमा उपचार हुन नसकी उक्त अस्पतालले थप उपचारको लागि भेरी अस्पताल बाँकेमा रिफर गरी पठाएको, सो अस्पतालमा उपचार हुन नसकी नेपाल मेडिकल कलेज बाँकेमा पठाइएकोमा उक्त अस्पतालमा समेत उपचार हुन नसकी मिति 2075/05/15 गते त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा मेडिकल सामग्री सहित अ.हे.व. गंगा प्रसाद चौधरी, विरामीका नातेदार दिपक पासी समेतको टोलीले ल्याएकोमा निज राममनोहर यादवको उपचारको क्रममा सोही अस्पतालमा मिति 2075/05/16 गते मृत्यु हुन गएको व्यहोरा जानकारी गराउँछु।पोष्टमार्टमको प्रतिवेदन अनुसार मृत्युको कारण कुनै चोटपटकको कारणले नभई रोगको कारणले भएको र भिसेरा र रगतको परीक्षणको प्रतिवेदनबाट अन्य विवरण उपलब्ध हुने जानकारी प्राप्त भएको । ढोरपाटन नगरपालिका १ को संगिन जि सीको मृत्युसम्बन्धमा काठमाडौ महानगरपालिका वडा नं.15 स्वयम्भु प्राकृतिक विज्ञान संग्रहालय पछाडिको जंगलमा क्षत विक्षत रुपमा फेला परेको बाग्लुङ जिल्ला ढोरपाटन बुर्तिबाङ न.पा.-1 घर भई हाल काठमाडौ जिल्ला स्वयम्भु सानोभर्या।ङ बस्ने वर्ष 22 को संगिन जि.सी. को शवको पोष्टमार्टम भई शव आफन्तलाई बुझि लगेको । अनुसन्धानको क्रममा भिसेरा परिक्षण, DNA परीक्षण र कल डिटेलको अध्ययन विश्लेषण भइरहेको छ। रोल्पाको सुलिचौरका रोहित पुनको हत्या सम्बन्धमा सुनिल स्मृती गाउँपालिका-४, सुलिचौर बजार स्थित रहेको एक रेष्टुरेन्टमा देव बहादुर घर्ति लगायतका व्यक्तिहरु र रोहित पुन मगर बिच एक-आपसमा बिबाद हुँदा देब ब.घर्ती मगरले रोहित पुन मगरलाई पेस्तोलबाट १ राउण्ड गोली प्रहार गर्दा रोहित पुन मगरको बाँया कोखामा लागी घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको, निज देब बहादुर घर्ती मगरलाई पेस्तोल थान १ र ऐ.को गोली १ राउण्ड सहित नियन्त्रणमा लिईएको र थप संदिग्धहरुलाई समेत पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा मुद्दा दर्ता भएको। खोजतलास पत्रिकाका पत्रकार राजु बस्नेतको गिरफ्तारी सम्बन्धमा खोजतलास डटकम र खोजतलास राष्ट्रिय साप्ताहिक पत्रिकाको अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतले जनप्रतिनिधी कि जग्गा दलाल ? भन्ने शिर्षक राखि मिति २०७५।५।२१ गते संघिय सांसद पम्फा भुषाल र ललितपुर प्रदेश नं.३(१) का सांसद राजकाजी महर्जनको समेत फोटो राखि जग्गा दलालसँग मिलि जग्गा बिक्री गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई दबाब दिएको भनि अपमान एवं हैरानी गर्ने नियतले प्रकाशित गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ र ४९ नं. को विरुद्धको कार्य गरेकोले हदै सम्मको कारवाही गरी पाउँ भन्ने समेत व्यहोरा उल्लेख गरी शुशिल खनालले २०७५।०५।२२ गते दिएको जाहेरी उपर सम्मानीत काठमाण्डौं जिल्ला अदालतबाट मिति २०७५।५।२४ गते निजलाई पक्राउ गर्न दिएको आदेश अनुसार पक्राउ गरी २०७५।५।२५ गते प्रहरी परिसर ललितपुरमा दाखिला भएको । पक्राउ प्रतिवादी राजु बस्नेतलाई मिति २०७५।०५।२५ गते नै सम्मानित जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट निजलाई हिरासतमा राखि अनुसन्धान गर्नको लागि सोही मितिबाट लागु हुने गरी दिन ४ (चार) को म्याद थप अनुमति प्रदान भएको । उल्लेखित मुद्दाको अनुसन्धान कार्य पुरा गरी मिति २०७५।०५।२८ गते जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको र सो कार्यालयबाट अभियोग पत्र र हिरासतमा रहेका प्रतिवादी राजु बस्नेतलाई मिति २०७५।०५।२८ गते नै सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरी अभियोग पत्र सहित मुद्दा दायर गरेको । सम्माननीय सभामुख महोदय, राजधानीको बबरमहलमा भएको पूर्वराजदूत केशव झाको हत्या, मोरङ जिल्लाको लेटाङमा विद्यालयको पानीट्याङ्कीमा विषादी मिसाएको घटना, माननीय सांसद निरुदेवी पालमाथि भएको आक्रमणका घटना, ओखलढुङ्गा जिल्लामा गाउँपालिका अध्यक्षमाथि भएको आक्रमण र सन्तोष कार्कीको हत्या लगायतका विषयमा प्रहरी अनुसन्धान र कार्वाही जारी नै रहेको व्यहोरा अनुरोध गर्दछु । कुनै पनि किसिमका आपराधिक घटनाको उच्च प्राथमिकता सहित छानबीन/अनुसन्धान कार्य हुने र दोषीहरुलाई कार्वाहीको दायरामा ल्याईने कुरामा माननीय सांसदलाई विश्वस्त हुन अनुरोध गर्दछु । सम्माननीय सभामुख महोदय, लमजुङमा भएको विपद्को घटना सम्बन्धमा मिति २०७५ भाद्र २५ गते देखि परेको अविरल वर्षा र २७ गते एक्कासी आएको भारी वर्षाका कारण आएको बाढी पहिरोले लमजुङ जिल्लाको बेशीशहर नगरपालिका र मर्स्याङ्दी गाउंपालिकाका विभिन्न स्थानमा जनधनको क्षति हुन पुगेको छ । घटनामा परी ४ जनाको मृत्यु, ३ जना वेपत्ता र १० जना घाइते भएका छन् । विपदका कारण १३ वटा घरगोठ, ६ वटा सवारीसाधनमा क्षति हुन पगेको छ । बाढी र पहिरोका कारण बेशीशहर मनाङ सडक खण्डको खरखरे भीरदेखि च्याम्चेसम्मको सडक, पुल कल्भर्टमा समेत क्षति पुगेको छ । घटनाको जानकारी हुनासाथ स्थानीय प्रहरी तथा जिल्लाबाट सबै निकायका सुरक्षाकर्मीहरु लगायत खटिई घरका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको, खोज उद्धार र राहात वितरणमा तीव्रता दिइएको राजनितिक दलका नेता कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, स्थानीय जनप्रतिनिधि, चिकित्सक स्वास्थ्यकर्मी, स्थानीय जनसमुदाय, स्थानीय संघ संस्था, सञ्चारकर्मी सहित २५० भन्दा बढी जनशक्ति परिचालन गरिएको । थप खोजी तथा उद्दारको कार्य जारी रहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट ५ जना घाइतेको उद्वार गरि सदरमुकाम ल्याइएकोमा ४ जना उपचारपश्चात् घर फर्केको । एक जनालाई थप उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीय जनसमुदाय समेतको सक्रिय सहभागितामा घोप्टे गाउंमा फसेका ३० जनाको सकुसल उद्वार गरिएको । विपदमा परी वेपत्ता भएकाहरूको शव उत्खनन् गरि नेपाली सेनाको हेलिमार्फत र सडकमार्गबाट समेत चिकित्सक लगि पोष्टमार्टम गरि शव आफन्तलाई जिम्मा लगाइएको । अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट लोडर, जेसिभी लगायतका उपकरण प्रयोग गरी नयां ट्रयाक समेत खोली खरखरेको पहिरो हटाउने प्रयास प्रयास जारी रहेको । खरखरे देखि ङादी सम्म ठाउं ठाउंमा ढलेका रुख र डेव्रिज नेपाल प्रहरीले हटाई सडक सुचारु भएको छ। नुवाकोटमा भएको विपद्को घटना सम्बन्धमा मिति २०७५।०५।२७ गते परेको अविरल बर्षाको कारण साविक घ्याङ्गफेदी गा.वि.स. हाल दुप्चेश्वर गाउँपालीकामा गएको पहिरो र पछिल्लो सुख्खा पहिरो समेतबाट पशु चौपाया र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । मिति २०७५।०५।२७ गते साँझ पहिरो गई जोखिममा परेका २ जना (दोर्जे शेर्पा र निजको श्रीमती) लाई नेपाली सेनाको हेलीकप्टरबाट डोरी मार्फत उद्धार गरी सदरमुकाम ल्याइएको, हाल निजहरुको अवस्था सामान्य रहेको । पीडितहरुलाई राहत वितरण टोली खटिएको छ । विस्थापीत भएका ११० व्यक्तिहरुलाई सुरक्षित स्थानमा राख्न स्थानको खोजी भै रहेको छ। विभिन्न स्थानमा भएका विपद्का घटनाहरु सम्बन्धमा माननीय सांसदज्यूले जाजरकोट, रुकुम, सल्यान, कैलाली र बाजुरा जिल्लाका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने तथा पुनर्स्थापना बारेमा प्रश्न उठाउनुभएको छ । यस बर्षको वैशाख १ गते देखि भाद्र १७ गते सम्म घटेका १५८४ वटा विपद्का घटनाहरुमध्ये ५४५ वटा घटनाहरु वर्षा र बाढीपहिरोसँग सम्बन्धित रहेका छन् जसबाट १०० जनाको मृत्यु भएको र १४३ जना घाईते भएका छन् जसबाट 1964 परिवार पीडित भएका छन् । मनसूनी वाढीपहिरोको प्रकोपमा रहेका पीडित जनताको तत्काल उद्धार तथा राहतको लागि सबै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित जिल्लाका सुरक्षा निकायहरुलाई सतर्क अवस्थामा रहन निर्देशन गरिएको र आवश्यकता अनुसार तदारुकताका साथ परिचालन गरिएको छ। अवरुद्ध सडक बाटोघाटो तत्काल खुलाईएको र घाईतेहरुको औषधोपचारको व्यवस्था गर्ने गरिएको छ । विपद् पीडितहरुलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गरिएको भएपनि विपद्पश्चातको पुनर्निर्माण र स्थायी पुनर्स्थापनाका कार्यहरु बहुआयामिक हुने भएकोले अन्तरमन्त्रालय समन्वयको लागि छलफल अघि बढाईएको छ । विपदमा परेका पीडितहरुको लागि प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७४ बमोजिम राहत रकम प्रदान गरिएको छ । विपद् पश्चातको राहत तथा उद्धार कार्य अझै प्रभावकारी बनाउन हरेक प्रदेशमा विपद व्यवस्थापन गुल्मको व्यवस्था गर्ने कार्य प्रारम्भ भैसकेको छ । पछिल्लो समयमा विकासनिर्माणका कार्यहरुबाट पनि वाढीपहिरोको जोखिम र क्षति बढेको देखिएकोले क्षतिको रोकथाम तथा न्यूनिकरणका लागि दीगो र वातावरणमैत्री मापदण्डअनुरुप पूर्वाधार निर्माणका कार्यहरु हुनुपर्ने पक्षमा सबै निकायको समन्वयकारी भूमिका आवश्यक देखिएको तर्फ पनि ध्यानकर्षण गराउन चाहान्छु । सम्माननीय सभामुख महोदय, माननीय सांसदज्यूहरुले शहीद/वेपत्ता व्यक्तिका परिवारलाई दिने परिचयपत्रको सम्बन्धमा र धनकुटा छिन्ताङ काण्डका मृतकहरुलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रश्न उठाउनुभएको छ । छिन्ताङ काण्डका १३ जना मृतकहरुलाई मिति २०७४।१०।०३ को मन्त्रीपरिषद्को बैठकको निर्णयबाट शहीद घोषणा गरिएको जानकारी गराउन चाहान्छु । सशस्त्र द्वन्द्वको क्रममा मृतक तथा वेपत्ता भएका घटनाका पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न तथा दोषीमाथि कानूनी कारवाहीको लागि सिफारिस गर्ने उद्देश्यले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मिति २०७१।१।२८ मा जारी भई मिति २०७१।१०।२८ मा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरिएको थियो । उक्त आयोगमा शहीद तथा वेपत्ता व्यक्तिका परिवारले निवेदन दिएपछि आयोगबाट छानबीन गरी सिफारिश भएपश्चात् परिचयपत्र प्रदान गरिने नीतिगत व्यवस्था रहेकोमा हालसम्म सो विषयमा आयोगले काम गरिरहेको छ । द्वन्द्वप्रभावित व्यक्ति परिवार र संरचनाको लगत सङ्कलन कार्यदलमा नाम समावेश भएका मृतक र वेपत्ता व्यक्तिका नजिकका हकदारलाई रु.१० लाखका दरले आर्थिक सहायता प्रदान गरिसकिएको छ । सशस्त्र द्वन्द्वका क्रममा आमा र बाबु दुबै गुमाएका (टुहुरा) बालबालिकालाई आर्थिक सहायता स्वरुप वार्षिक रु. ६०,०००।– का दरले रकम प्रदान गर्ने गरिएको छ । साथै सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाईते भई अङ्गभङ्ग भएकाहरुलाई राहतस्वरुप अपाङ्गता प्रतिशतका आधारमा जीवननिर्वाह भत्ता उपलब्ध गराईएको छ । द्वन्द्वकालका घाईते तथा अपाङ्गहरुको अपाङ्गताको पुनरावलोकन कार्य समेत प्रारम्भ गरिएको छ साथै पुनरावलोकनका सम्बन्धमा रहेको विद्यमान कार्यविधिमा रहेका समस्याहरुको पहिचान गरी आवश्यक सुझाव दिन मिति 2075/04/31 गते सुझाव समिति गठन गरिएको र उक्त समितिले कार्य गरिरहेको व्यहोरा पनि अनुरोध गर्दछु । सम्माननीय सभामुख महोदय, मुलुकमा शान्ति सुरक्षा र स्थिरता कायम गर्न र सबै किसिमका अपराधहरु नियन्त्रण गरी जनतामा सुरक्षाको प्रत्याभूति गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको छ । अपराधका घटनाहरुको न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल प्रहरी मार्फत् त्रिवर्षिय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना कार्यान्वयन गरिएको छ । महिला तथा वालवालिकामाथि हुने अपराधका घटनाको अनुसन्धान र पीडितहरुको सहजताका लागि महिला बालबालिका सेवा केन्द्रहरु सञ्चालन गरिएको छ ।महिला तथा बालबालिकालाई आफ्नो कुरा निर्वाध र सहज ढंगले राख्ने वातावरण मिलाउन जिल्ला प्रहरी कार्यालयमा महिला सेलको व्यवस्था गरिएको छ ।साथै महिला तथा बालबालिकाको हक हित संरक्षण तथा जोखिममा रहेका अन्य समूहका व्यक्तिहरु विरुद्द हुने अपराध रोकथाम तथा तत् सम्बन्धि अपराधको प्रभावकारी अनुसन्धान तथा पिडित सहायता गर्न नेपाल प्रहरीको विद्यमान संरचना भित्रै एक विशिष्टिकृत र पूर्ण समर्पित निकायको टड्कारो आवश्यकतालाई महसुस गरी नेपाल प्रहरीमा जोखिम समूह लक्षित (महिला, बालबालिका,) एकिकृत सेवा केन्द्र स्थापना गरी कार्यप्रारम्भ हुने तयारीमा रहेको छ । यसैगरी विपदमा परेका जनताको राहत, उद्धार तथा व्यवस्थापनको कर्तव्यप्रति पनि मन्त्रालय गम्भीरतापूर्वक कार्य गरिरहेको समेत जानकारी गराउँदछु । धन्यवाद ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies