/  Wed, November 14, 2018

मन्त्रीहरूले नै संविधानको विरोध गरेपछि…

जनकपुर । सरकारका मन्त्री आफैँ संविधान दिवसको विरोध गर्ने जिम्मेवारीमा भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो अनौठो जात्रा हाँडीगाउँको नभएर प्रदेश नं. २ को हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश नं २ मा सरकारको नेतृत्व गरिराखेको छ र उसले असोज ३ गते संविधान दिवसको विरोधमा मन्त्री नै खटाएको छ । प्रदेश २ का मन्त्री र राज्यमन्त्री संविधान दिवसको दिन राजपाले आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्ने जिम्मेवारीमा रहेका छन् ।

भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मन्त्रीहरूलाई उक्त कार्यक्रममा खटाउने निर्णय गरेको हो ।

यस जिम्मेवारी अनुसार संविधान दिवसको दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय सिरहा, समाजिक विकासमन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रौतहटमा योजना हुने विरोधसभाहरूलाई सम्बोधन गर्ने छन् ।

राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उक्त जिम्मेवारीबारे खुलाइएको छ । संविधान दिवसको दिनमा राजपाले प्रदेश नं २ बाहिर रहेका तराइका जिल्लाहरूमा समेत विरोधसभा गर्ने भएको छ ।

यसकालागि पार्टीका शीर्षस्थ नेताहरूलाई जिम्मेवारीमा खटाइएको छ । यस जिम्मेवारी अन्तर्गत राजेन्द्र महतोले प्रदेश ५ को बाँके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्र राय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलवस्तु, शरतसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा सम्बोधन गर्ने बहेका छन् ।

अध्यक्ष महन्थ ठाकुरले प्रदेश नं २ को बारा र पर्सामा सम्बोधन गर्ने छन् ।

राजपाले वर्तमान संविधानप्रति घोषित रूपमै असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।

भदौ २९ गते, २०७५ - १३:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त...   

छि हामि कस्ता मान्छे ! नुहाउँदा पनि कति कोलाहल

काठमाडाैं । नेकपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...   

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुरेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ...   

मुख्यमन्त्री डोरमणिले प्रतिक्रियाः घर बनाउन अाईएनजिओको पैसा लिएको छैन्

काठमाडाैं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी...   

क्रिकेट खेलाडीलाई सम्मान

कञ्चनपुर । राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज...   
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा...   

ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु...   

बैतडीमा नेकपाको एकताः ६ स्थानमा पूर्वएमाले, ४ स्थानमा पूर्वमाओवादीको नेतृत्व

बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट...   
हात खुट्टामा मुसा आए यसो गरौं

हात खुट्टामा मुसा आए यसो गरौं

-शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले...   
चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top