/  Wed, November 14, 2018

प्रचण्ड भोलि चीन उड्दै, क-कसलार्इ भेट्दैछन् ?

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिबार (भोली) चीन भ्रमण जान लागेका हुन् । प्रचण्ड भोली दिउँसो १२ः५ बजे चीन उड्ने उनको सचिवालयले जनाएको छ । प्रचण्डका सचिवालयको एक सदस्यले दिएको जानकारी अनुसार भोली शनिवार चीन गएर बुधबार (असोज ३) गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । प्रचण्डसंगै भ्रमणदलमा पत्नी सिता दाहाल, उनकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति ली युनचाओसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति ली चिनिया राष्ट्रपति सि जिनपिङका सबैभन्दा विश्वासिला नेता मानिन्छन् । चिनियां राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्डको चीन भ्रमण हुन लागेको हो । सी स्वदेश फर्केलगत्तै भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ । प्रचण्ड परिवारसहित चीनको नानजिङ र ऐनान जाने कार्यक्रम समेत तय भएको छ ।

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो । उनले दुई पार्टीको एकतापछि बनेको नेकपाको सरकारको सम्बन्ध सुदृढ गर्नको लागी दुवै छिमेकी मुलुकको भ्रमणमा आफु जाने यसअघि नै बताइसकेका छन् ।

प्रचण्ड गत साता मात्र भारतको साताव्यापी भ्रमणबाट स्वदेश फर्केका थिए । भारत भ्रमणको क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

भदौ २९ गते, २०७५ - ११:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त...   

छि हामि कस्ता मान्छे ! नुहाउँदा पनि कति कोलाहल

काठमाडाैं । नेकपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...   

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुरेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ...   

मुख्यमन्त्री डोरमणिले प्रतिक्रियाः घर बनाउन अाईएनजिओको पैसा लिएको छैन्

काठमाडाैं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी...   

क्रिकेट खेलाडीलाई सम्मान

कञ्चनपुर । राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज...   
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा...   

ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु...   

बैतडीमा नेकपाको एकताः ६ स्थानमा पूर्वएमाले, ४ स्थानमा पूर्वमाओवादीको नेतृत्व

बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट...   
हात खुट्टामा मुसा आए यसो गरौं

हात खुट्टामा मुसा आए यसो गरौं

-शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले...   
चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top