Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खुला दिसामुक्त हुन सकेन मलङ्गवा

\"\"सर्लाही । जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४÷७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुनसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताउनुभयो । साविक मलंगवाका आधिकांशले आफै शौचालय बनाएका छन् । अहिले थपिएको मलंगवा नगरपालिकाको ग्रामिण क्षेत्रमा केही समस्या थियो । जनप्रतिनिधि आएपछि शौचालयको नाउँमा आफ्नो नजिकका केही व्यक्तिलाई रिग वितरण गरिए पनि त्यो रिग समेत उपयोगमा आउन सकेको मलंगवा–८ का सुभाष गुप्ताले बताए । उक्त कार्यक्रमका लागि छुट्याइएको रकम दुरुपयोग गर्न झुटा कागजात तयार गरिएको र केही व्यक्तिलाई वितरण गरिएको रिग पनि गुणस्तरहिन रहेको उहाँको भनाइ थियो । समाजमा चेतनाको अभाव र नगरपालिकाको कमजोरीका कारण सदरमुकाम खुल्ला दिशामुक्त हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख जग्गनाथ पुर्वेले बताउनुभयो । पहिलेदेखि नै मलंगवालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न चुनौती थियो । नयाँ संरचना अनुसार अझ चार गाविस थपिँदा झन समस्या भएको गुप्ताले बताए । जिल्लाका अन्य स्थानीय निकाय खुल्ला दिशा मुक्त हुदाँ पनि सदरमुकाम खुल्ला दिशा मुक्त नहुँदा नगरवासी निराश छन् । उक्त अभियान कार्यान्वयन सरसफाई डिभिजन कार्यालय रहेको स्थान खुल्ला दिशा मुक्त नहुँदा यहाँ घुम्न आउने पर्यटकमा मलंगवा प्रतिको हेराई नकरात्मक बनेको छ । जिल्ला बाहिरका आगन्तुकहरुले जिल्ला सदरमुकाम भएर पनि खुल्ला दिशामुक्त नहुनु दुःखद भएको बताउँदै आएका छन् । खुल्ला दिसामुक्तको रकम आफूले अनियमिता नगरेको तर १२ वटै वडालाई रू १० लाख देखि १५ लाखसम्म रकम उक्त अभियानका लागि दिइएको नगर प्रमुख निरशल साहले बताउनुभयो । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले उक्त नगरपालिकालाई खुल्ला दिसामुक्त गराउनलाई प्रमुख साहसंग अनुरोध गर्नुभएकामा उहाँले यसका लागि ठूलो रकम बिनियोजन गरिएको र आर्थिक वर्ष २०७४/०७५ भित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएपनि बजेट सकियो तर कार्यक्रम कार्यन्वन हुन सकेन । जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानीय तह खुल्ला दिशा मुक्त भईसकेका र १० वटा अझै घोषणा हुन बाँकीरहेकामा सदरमुकाम मलंगवासहित पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies