Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लमजुङ पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो

लमजुङ । मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो । सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार मस्र्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो । बुधवार मस्र्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् । बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो । उनीहरु बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन् । बाढीले उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ । बाढी पहिरोबाट जिल्लामा अहिलेसम्म नौजना घाइते भएको जिल्ला प्रकोप व्यवस्थापन समितिले जनाएको छ । निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ । अवरुद्ध सडकखण्डअन्तर्गत मस्र्याङ्दी–४ घोप्टेभिरमा २० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिन भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies