/  Mon, September 24, 2018

ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो

काठमाडौं । चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।

सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिनुभयो । कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट खेल्नेछन् । लिगका लागि क्लबले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् ।

लिग आगामी असोज १४ देखि शुरु हने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी गराइसकेको छ । करीब चार वर्ष अवरुद्ध भएको ‘ए’ डिभिजन लिग असोज १४ गतेदेखि शुरु हुँदैछ । ब्रिगेड ब्वाइज २०७५ को यु १८ ललित स्मृति कप विजेता टोली हो । कर्मा छिरिङ शेर्पाले नेतृत्व सम्हालेपछि एन्फाले यसै वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । एन्फाले लिग सञ्चालन गर्न पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटीसमेत गठन गरिसकेको छ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् । रासस

भदौ २८ गते, २०७५ - १२:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमानको रूप राम्रो नभएपछि ‘टङ किस’को बदला श्रीमतीले जिब्रो टोकिदिएपछि…

श्रीमानको रूप राम्रो नभएपछि ‘टङ किस’को बदला श्रीमतीले जिब्रो टोकिदिएपछि…

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ । दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना...   

जेलरको हत्या गरी कैदी फरार

अफगानिस्तान । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार...   
अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

काठमाडौं । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद्...   

चार बर्षमा मोदीको पाचाैं नेपाल भ्रमण, फेरि किन अाउँदैछन् ?

काठमाडाैं । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने...   
अनौठो बिरामी: न रुन सक्छिन् न पानी नै पिउन !

अनौठो बिरामी: न रुन सक्छिन् न पानी नै पिउन !

ब्रिटेनमा एकजना १९ वर्षीय युवतीलाई अनौठो बिरामी लागेको छ । यो बिरामीका कारण उनी सामान्य व्यक्ति जस्तो...   

प्रचण्डले जनप्रतिनिधिलार्इ भने-अहिले पनि काम गर्न नसके कहिले गर्ने ?

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट...   
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी...   
राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले...   
गंगामायाका छोरा नुरप्रसादले मच्चाए अदालतमै हंगामा, अधिकृतमाथि कुर्सि प्रहार

गंगामायाका छोरा नुरप्रसादले मच्चाए अदालतमै हंगामा, अधिकृतमाथि कुर्सि प्रहार

काठमाडाैं । अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा तोडफोड गरेका छन्...   

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ अाज सुनको मुल्य

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावतै रहेको छ । आइतबार बजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top