/  Wed, November 14, 2018

कस्तो अचम्म ! जहाँको पानी नमिसार्इ स्थानीयको खाना पाक्दैन

परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान-साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र । पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत हुँदै गएको स्थानीयवासी बताउँछन् ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष ओमनारायण थारूका अनुसार पुरानो जमानामा त्यहाँ सात घर मात्र थारूको बस्ती थियो । सात घरका साथै त्यहाँ ‘सत्त’ अर्थात दैवीय शक्ति रहेकाले त्यस स्थानको नाम पनि सत्तपत्ती रहन गएको उनी बताउँछन् ।

तराईमा भूमिगत पानी चापाकलको माध्यमबाट निकालेर पिउने गरिन्छ तर त्यस स्थान वरपर जति नै प्रयास गरे पनि धारामा पानी नआएपछि स्थानीयवासीले सोही चुहाडी पोखरी र त्यसकै छेउमा रहेको इनारको पानी पिउने, खाना पकाउने र नुहाउने काममा प्रयोग गर्दै आएका थिए । पछि त्यहाँ खानेपानीको व्यवस्थाले केही त्यहाँको पानीको प्रयोगमा कमी आएपनि थारू समुदायले पनि पोखरीको पानी खाने परम्परा अहिले पनि कायमै राखेका छन् ।

स्थानीयवासी हेमन्ती थारूका अनुसार दैनिक बिहान साँझ सो पोखरीको एक बोत्तल पानी मिसाएर खाना पकाउने गरिएको छ । माईथानमा थारू समुदायकै पुजारीले पूजा गर्दै आएका छन् । स्थानीय बासिन्दा खाना खाएर, मासु खाएर वा महिला महिनावारी भएको समयमा पनि त्यहाँ पस्दैनन् पसेमा माताले दुःख दिने फेरि क्षमायाचना पूजा गरेपछि सन्चो हुने उनीहरूको विश्वास छ ।

भदौ २८ गते, २०७५ - ०८:५४ मा प्रकाशित
दशैंका अवसरमा विराटनगरमा पहलमानले यसरी खेले कुस्ति (फोटो फिचर)

दशैंका अवसरमा विराटनगरमा पहलमानले यसरी खेले कुस्ति (फोटो फिचर)

विराटनगर ।  दशैंको बेला प्रत्येक बर्ष बिराटनगरमा आयोजना हुँदै आएको कुस्ति प्रतिस्पर्धामा नेपाल र...   
सत्तारुढ दल नेकपाको बैठक बालुवाटारमा जारी

सत्तारुढ दल नेकपाको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बसिरहेको छ । बैठकमा पार्टीको तल्ला कमिटी एकीकरण...   

युरोपियन ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो

काठमाडौं ।  युरोपियन शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्। युभेन्टसले...   
टीकाको आज दोस्रो दिन , टीका र जमरा लगाउने क्रम जारी

टीकाको आज दोस्रो दिन , टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । विजया दशमी अर्थात् टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने...   
चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

कपिलबस्तु । प्रदेश ५ को मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको कपिलबस्तुको जगदिशपुर तालमा डुङ्गा संचालन...   
भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

काठमाडौं । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा दुई वटा रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु...   
जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले ३ लाख १० हजार नगद रुपैयाँ सहित २२ जना जुवाडे पक्रेको छ । जिल्लाका...   

आज विजयादशमी , मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै

काठमाडौँ ।  आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक...   

दशैंको दिन बालुवाटार पुगेका पत्रकारलाई प्रधानमन्त्रीको दक्षिणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको दिन टिका थाप्न बालुवाटार पुगेका पत्रकारलाई पनि टिका...   
अंगरक्षकद्धारा गोली हानी प्रहरी प्रमुखको हत्या

अंगरक्षकद्धारा गोली हानी प्रहरी प्रमुखको हत्या

काठमाडौं । अफगानिस्तानमा एक प्रहरी प्रमुखको आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । कान्दाहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top