/  Wed, November 14, 2018

शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा

इलाम । इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो ।

नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइएकाले घोषणा गरिएको नगरप्रमुख महेश बस्नेतले बताए ।

बालबालिका विद्यालय भर्ना भएको १२ वटै वडाका वडाध्यक्षले गरेको सिफारिसको आधारमा घोषणा गरिएको हो । इलाम नगरपालिकामा ५४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये ३१ वटा आधारभूत (१–५) कक्षा, (६–८) सम्मका १० वटा र माध्यमिक तह कक्षा (९–१०) १३ वटा रहेका छन् । यहाँका सामुदायिक विद्यालयमा पाँच हजार ३१ जना विद्यार्थी छन् ।

विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्नका लागि अभिभावकलाई जनचेतनामूलक अभिमुखिकरण, अन्तरक्रिया कार्यक्रम गर्नुपर्नेमा प्रमुख बस्नेतले जोड दिए । शिक्षा विकास तथा समन्वय इकाइ तथा जिशिअ होमनाथ भण्डारीले इलाम नगरको सम्पूर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको र कोही पनि बालबालिका विद्यालय बाहिर नरहेकोले अब उनीहरूमा पठन संस्कृतिको विकास र विद्यालयमा टिकाइ राख्ने किसिमको शिक्षा दिनु जरूरी रहेको बताए । रासस

भदौ २७ गते, २०७५ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त...   

छि हामि कस्ता मान्छे ! नुहाउँदा पनि कति कोलाहल

काठमाडाैं । नेकपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...   

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुरेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ...   

मुख्यमन्त्री डोरमणिले प्रतिक्रियाः घर बनाउन अाईएनजिओको पैसा लिएको छैन्

काठमाडाैं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी...   

क्रिकेट खेलाडीलाई सम्मान

कञ्चनपुर । राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज...   
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा...   

ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु...   

बैतडीमा नेकपाको एकताः ६ स्थानमा पूर्वएमाले, ४ स्थानमा पूर्वमाओवादीको नेतृत्व

बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट...   
हात खुट्टामा मुसा आए यसो गरौं

हात खुट्टामा मुसा आए यसो गरौं

-शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले...   
चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top