/  Mon, September 24, 2018

शिविर नै खालि गरेर कहाँ गए भुटानी शरणार्थी ?

झापा । विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो ।

शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताए । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी–२ र ३ मा घर निर्माण गरी सारिएको पूर्वसचिव सुब्बाले बताए । बेलडाँगीमा तीन वटा शिविर खडा गरेर शरणार्थीलाई राखिएको थियो ।

भत्काउन बाँकी केही पुराना छाप्रा र शरणार्थी रेखदेख कार्यालयको कंक्रिट घर बाहेक अन्य सबै घर भत्काएर सो क्षेत्रबाट शरणार्थी हटाइसकिएको छ । शरणार्थी शिविर स्थापनापछि बेलडाँगीमा १ मा धेरै संख्या २५ हजार रहेको र स्थानन्तरणको समयमा ७७४ जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुनर्वासपछि हाल बाँकी रहेका बेलडाँगी २ र ३ तथा पथरी शनिश्चरे शरणार्थी शिविरमा गरी जम्मा छ हजार १४३ जना मात्र दर्ता भएका शरणार्थी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ । शरणार्थी दर्ता हुनबाट बञ्चित भुटानी शरणार्थीको संख्या एक हजार ७४१ रहेको शरणार्थीले दावी गरिआएका छन् । रासस

भदौ २७ गते, २०७५ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेलरको हत्या गरी कैदी फरार

अफगानिस्तान । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार...   
अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

काठमाडौं । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद्...   

चार बर्षमा मोदीको पाचाैं नेपाल भ्रमण, फेरि किन अाउँदैछन् ?

काठमाडाैं । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने...   
अनौठो बिरामी: न रुन सक्छिन् न पानी नै पिउन !

अनौठो बिरामी: न रुन सक्छिन् न पानी नै पिउन !

ब्रिटेनमा एकजना १९ वर्षीय युवतीलाई अनौठो बिरामी लागेको छ । यो बिरामीका कारण उनी सामान्य व्यक्ति जस्तो...   

प्रचण्डले जनप्रतिनिधिलार्इ भने-अहिले पनि काम गर्न नसके कहिले गर्ने ?

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट...   
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी...   
राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले...   
गंगामायाका छोरा नुरप्रसादले मच्चाए अदालतमै हंगामा, अधिकृतमाथि कुर्सि प्रहार

गंगामायाका छोरा नुरप्रसादले मच्चाए अदालतमै हंगामा, अधिकृतमाथि कुर्सि प्रहार

काठमाडाैं । अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा तोडफोड गरेका छन्...   

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ अाज सुनको मुल्य

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावतै रहेको छ । आइतबार बजारमा...   
युभेन्टसबाट रोनाल्डोको तेस्रो गोलपछि यस्तो खुशीयाली

युभेन्टसबाट रोनाल्डोको तेस्रो गोलपछि यस्तो खुशीयाली

यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top