Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

घोराहीमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाइँदै

दाङ । घोराहीमा प्रादेशी रङ्गशाला निर्माण गरिने भएको छ । घोराही उपमहानगरपालिकाले ‘खेलकूद सबैका लागि; खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रङ्गशाला निर्माणमा लगानी बढाएको हो । घोराहीलाई खेलकूद क्षेत्रको केन्द्रको रुपमा विकास गर्न स्थानीय तथा राष्ट्रियस्तरका खेलकूद प्रतियोगितासमेत आयोजना गर्न मैदानको व्यवस्थापनमा पौने एक करोड खर्चिएको छ । घोराही उपमहानगरपालिका– १७, गुलरियामा निर्माणाधीन खेलकूद मैदानका लागि सात कठ्ठा २ धुर जग्गा खरिद गरिएको छ । मैदान साँघुरो हुने भएपछि उपमहानगरले स्थानीयवासीको जग्गा खरिद गरेको हो । सात कित्तामा रहेको सात कठ्ठा दुई धुर जमीन खरिद गरी मैदानलाई फराकिलो र व्यवस्थित बनाउने काम शुरु भएको इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार करिब रु ७५ लाखमा उक्त जग्गा खरीद गरिएको हो । उपमहानगरले चालु आर्थिक वर्षमा खेलकूदको विकास गर्न सशर्त तर्फ एक लाख र नि:शर्त तर्फ रु १३ लाख ६० हजार गरी रु १४ लाख ६० हजार विनियोजन गरिएको छ । नगर प्रमुख नरुलाल चौधरीले खेलकूद सामाजिक विकासको अभिन्न अङ्ग भएको भन्दै एक वडा एक खेलकूद मैदानलाई सार्थकता दिने दाबी गरे । वडा नं १७ मा १५ बिगाहाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेशस्तरीय रङ्शाला निर्माण कार्य थालेको उपमहानगरपालिकाले यसवर्ष रङ्गशाला निर्माण योजना बनाएको उनको भनाइ छ । गतवर्ष रङ्गशाला क्षेत्र भर तारजाली गर्नुका साथै माटो सम्याउने कार्य सम्पन्न भएको छ । रङ्शाला निर्माणसँगै दाङका खेलाडी उत्साहित भएका छन् । गुलरियामा प्रदेशस्तरको रङ्शाला निर्माण गरेसँगै उत्साहित भएका खेलाडीले अब आफूहरु हौसिएको प्रतिक्रिया दिएका छन् । राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा २०४१ सालदेखि सहभागिता जनाउन शुरु गरेको दाङले साढे ४ दशकको अवधिमा सन्तोषजनक नतिजा निकाल्न नसकेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए । खेल मैदानको अभावमा प्रतिभाशाली खेलाडी उत्पादन हुन नसकेको भन्दै अध्यक्ष मजगैयाले रङ्शाला निर्माण भएसँगै खेलाडीमा उत्साह जागेको बताए । जिल्लाले हालसम्म आठ राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरेको छ । दाङका राजवीर सिंह, सुशान्तसिंह थापा, अनुप न्यौपाने, मनोज वैश्य, चुन्नु पाण्डे, अनिल गुप्ता, लक्ष्मी चौधरी र सनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत खेलिसकेका छन । निर्माणाधीन रङ्गशालाको निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष मजगैयाले टप विकेट, कपडा फेर्ने तथा नुहाउने कोठालगायतका भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए । उनले यी पूर्वाधारको निर्माणसँगै लिग चरणका प्रतियोगिता सञ्चालनमा ल्याउने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies