Khabar Dabali Logo
  April 22, Mon

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्धामा जनप्रतिनिधि गम्भीर छौंः मेयर वड

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मुद्धामा जनप्रतिनिधि गम्भीर रहेको बताएका छन् ।

प्रदेश सातमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकसँग छलफल गर्दै नगर प्रमुख वडले यस्तो बताएका हुन् ।नगर प्रमुख वडले भने, ‘हामीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मागलाई निती तथा कार्यक्रमबाट पनि सम्बोधन गरेका छौं ।’ धनगढी उप-महानगरपालिकाकी उप-प्रमुख सुशिला मिश्र भट्टले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको समस्या फरक भएको बताईन् ।

उनले भनिन्,‘चाँडै यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अभिभावकलाई राखेर अन्तरक्रिया गर्ने योजना छ ।’ उनले आम अभिभावक भन्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अभिभावकको पिडा पनि फरक रहेको बताईन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले सोमबार स्थानीय तहका निति निर्मातासँग छलफल गर्दै विभिन्न मागसमेत गरेका छन् ।

धमाधम कानून निर्माण भइरहेकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकले निति निर्मातासँग छलफल गरेका हुन् । उनीहरुले अन्य अल्पसंख्यक भन्दा आफूहरुको समस्या फरक भएकाले तिनको सम्बोधन हुनेगरि योजना बनाउन माग गरेका थिए । सुदूरपश्चिम समाजका करुणा नेपालले नितीगत रुपमा नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मुद्धाहरु समेटिनुपर्नेमा जोड दिइन् ।

भदौ २६ गते, २०७५ - ०९:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर...   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको...   

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए...   

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका...   

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको...   

विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार

काठमाडौं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता...   

सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

काठमाडौं । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई...   
स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

काठमाडौं । मलेसिया रोजगारीका लागि इच्छुक स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन हुने भएको छ। दुई सय...   

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा साढे पाँच सय मुद्दा

काठमाडाैं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा...   

पाँच खेलअगाडि नै युभेन्टस च्याम्पियन, रोनाल्डोको कीर्तिमान

एजेन्सी । इटालियन सिरी ‘ए’को उपाधि युभेन्टसले जितेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top