Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

१८ जिल्लाका एक सय ५० जनालाइ पाखा लगाउँदै 'पर्वत स्टार' बनिन् विविसा पाण्डे

पर्वत \'पर्वतको सान, पर्वतको पहिचान, नभ प्रतिभाहरुका लागि विशिष्ट स्थान\' भन्ने मुल नाराका साथ सोनी फिल्म्स प्रा.लि द्धारा आयोजित पर्वत स्टार–२०७५ नृत्य प्रतिस्पर्धाको पहिलो उपाधी विविसा पाण्डे जित्न सफल भएकी छन । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत जिल्लाको विहादी गाउपालिका–४, पाण्डे डाडाँ घर भइ हाल भने स्याङ्जाको वालिङ बजारमा वस्दै आएकी विविसा पाण्डे पर्वत स्टार–२०७५ को विजेता बन्दै पहिलो उपाधि चुम्न सफल भएकी हुन् । उनले एक लाख रुपयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । त्यस्तै पर्वत जिल्लाको फलेवासकी स्मृती चपागाईले दोस्रो उपाधी चुुम्दै पचास हजार रुपयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन भने पर्वतकै विहादी गाउँपालीका रानीपानीकी सृष्टि सुनारले तेस्रो उपाधी चुम्दै २५ हजार रुपयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । चौँथो उपाधी तथा सान्त्वना पुरस्कार स्याङजाको गल्याङ बजारकी लोचन आलेले जितेकी छन् । पर्वत स्टार–२०७५ नृत्य प्रतिस्पर्धाको पाँचौ स्थानमा रानीपानीका मुनाल परियार, छैँटौँ स्थानमा स्याङ्जाको गल्याङ नगरपालिका पिडिखोलाकी रेजिना थापा, सातौँ स्थानमा स्याङ्जा वालिङ बजारकी अस्मिता रणपाल, आठौँ स्थानमा स्याङ्जाको कालीगण्की गाँउपालिका मिर्मिकी आरमित्मा सारुमगर, नवौँ स्थानमा वुटवलकी लिजा थापा र दशौँ स्थानमा स्याङ्जा वालिङ बजारकी सुजिना थापा रहेका छन् । विजेता सहित दशौँ स्थान सम्म पुगेका प्रतिस्पर्धीहरुलाइ सोनी फिल्मस्बाट छिट्टै निर्माण हुने चलचित्र थ्रि स्टारमा अभिनय गर्ने अवसर दिइने आयोजकले बताएको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"205371\"] सोनी फिल्म्स प्रा.लि ले पर्वत जिल्लाको विहादी गाँउपालिका, पैँयु गाँउपालिका, महाशिला गाँउपालिका, फलेवास नगरपालिका, मोदि गाउँपालिका, जलजला गाँउपालिका र कुस्मा नगरपालिकाबाट अडिसन लिएको थियो । वैसाख–१, गते पर्वतको विहादी गाँउपालिका–६, सेतिवेणीबाट सुरु भएको पर्वत टारको यात्रा कुस्मा, पोखरा हुँदै काठमाण्डौमा आएर सकिएको छ । १८ जिल्लाका प्रतिस्पर्धी सहभागी भएको अडिसनबाट १ सय ५० जना मेगा अडिसनका लागि छनोट भएका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पदम गिरीले सवै प्रतिभा समान भएकाले कसैलाइ पनि हिनतावोध नगर्न अनुरोध गरे । उनले प्रतिस्पर्धावाट वाहिरिएका कालाकारहरुले पनि विश्वमा महान किर्तिमान रच्दै जीन्दगीलाइ निक्कै सफल बनाएकोे स्मरण गराउँदै अनवरत प्रतिभा प्रस्तुत गर्न सुझाव दिए ।पर्वत स्टारमा वालवालिकाहरुले गरेको सफलता उनीहरुको व्यक्तिगत जीवन संग मात्र नजोडिएको भन्दै गिरीले भने,“उनीहरुको सफलता अभिभावक संग जोडिएको छ, उनीहरुको गुरु, छिमेकी र समाज संग जोडिएको छ, तपाइ सवै जना अभिनन्दीत छन्, तपाइ सवैजना सम्मानित हुनुहुन्छ भन्ने मैले वुझेको छु ।”उनले पर्वतको पहिचानका लागि यात्रारत सोनी फिल्म्स प्रा.लिले जिल्लामा नमुना र सर्वोकृष्ट कार्य गरेको भन्दै आगमि दिनहरुमा आयोजक संगको सहयोग सद्भाव र सहकार्यलाइ तिव्र गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाए । उनले पर्वत स्टारमा दशौँ स्थानमा पर्न सफल स्याङ्जा वालिङ्की सुजिना थापाको वुवा विगत चार वर्ष देखी रक्तअर्वुदा रोगबाट पिडित भएको खवरले सवैलाइ विचलित र भावविभोर बनाएको भन्दै आफु सरकारमा रहेको पार्टीको सांसद भएको हैसियतले रोगिको उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाए । आयोजकले प्रमुख अतिथिको रुपमा आफ्ना विचार र धारणहरु राख्ने अवसर दिएकोमा खुसी व्यक्त गर्दै सांसद गिरीले थपे, “यो विशाल कार्यक्रमको पर्वत स्टार नाम दिए पनि राष्ट्रिय स्तरको कार्यक्रम भन्दा कम छैन, १८ जिल्लावाट प्रतिभाहरु आएर सहभागी बनेका छन्, तपाइ सवैलाइ धेरै धेरै वधाइ तथा शुभकामना दिन चाहान्छु ।” कार्यक्रममा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोसी,  नेपाली कांग्रेसका युवा नेता राजेन्द्र तिवारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता सुन्दर भुसाल लगाएतले कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा आयोजकलाइ वधाइ सहित धन्यवाद दिएका थिए । सोही अवसरमा सोनि फिल्म्स प्रा।लि का प्रवन्ध निर्देशक तथा पर्वत स्टार २०७५ का अध्यक्ष प्रेम सोनी सुनारले गाउँ गाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । उनले विशेस त पर्वतको चिनारी र पर्वतको प्रचार प्रसार गर्न पनि पर्वत स्टार सञ्चालन गरेको जानकारी दिए । सुनारले कार्यक्रम निक्कै सफल, गौरवपुर्ण र ऐतिहासिक भएको भन्दै कार्यक्रमको सुरुदेखी अन्त्य सम्म आर्थिक तथा नैतिक सहयोग गर्ने विभिन्न संघ संस्था, महानुभाव सवैलाइ धन्यवाद दिए । कार्यक्रममा पर्वत स्टार–२०७५ मा प्रमुख प्रायोजन गर्ने पर्वत शालिग्राम गेष्ट हाउस, गोङ्गबु नया वसपार्क काठमाण्डौकी प्रोप्राइटर सिता वि.क सुनार, सह प्रायोजक हिले वल वहादुर सुनचाँदी पसल हुवासका प्रोप्राइटर चोक वहादुर सुनार तथा सह–प्रायोजक पर्वत सम्झना गेष्ट हाउस नया वसपार्क काठमाण्डौका प्रोप्राइटर विक्रम लोहनी विशेष प्रकारले सम्मानित भएका छन । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"205372\"] पर्वत स्टार–२०७५ को अन्तिम प्रतिस्पर्धाको निर्णाकको रुपमा अभिनेता तथा चलचित्र निर्देशक, नृत्य निर्देशक राम गौतम, प्राचिन आर्टस एकेडेमि पोखराका प्रवन्ध निर्देशक तथा लोक नृत्य संघ नेपालका केन्द्रिय महा–सचिव लव्सन गुरुङ, कलकर्मी तथा नृत्य निर्देशक एकेन्द्र सारा संकर, चलचित्रकर्मि तथा नृत्य निर्देशक प्रेम शर्मा पौडेल लगाएत रहेका थिए । निर्णायक चारै जनालाइ आयोजकले सम्मान गरेको थियो । त्यस्तै कार्यक्रमको उद्घोषक गल्याङ एफ।एम, स्याङ्जाका वजार व्यवस्थापन प्रमुख तथा समाचार वाचक नारायण विश्वकर्मा, रेडियो वाराही पोखराकी कार्यक्रम प्रमुख सन्तोषी सुनार, रेडियो गण्डकी पोखराकी कुशल कार्यक्रम सञ्चालिका सविता शर्मा तथा सुचना केन्द्र डटकमका स्याङ्जा संवाददाता उदयराज भण्डारी पनि सम्मानित भएका छन । सोनी फिल्म्स प्रा।लि का अध्यक्ष प्रेम सोनी सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गल्याङ एफ.एम, स्याङ्जाका वजार व्यवस्थापन प्रमुख तथा समाचार वाचक नारायण विश्वकर्मा र रेडियो वाराही पोखराकी कार्यक्रम प्रमुख सन्तोषी सुनारले संयुक्त रुपमा गरेकी थिइन् ।विश्वकर्मा पहिलो अडिसन देखी अन्त्य सम्मका कार्यक्रम उद्घोषक छन् भने सुनारले सेमि फाइनल र फाइनल प्रतिस्पर्धामा मात्र उद्घोषिकाको भुमिका निर्वाह गरेकि छिन्। पर्वत स्टारको अन्तिम प्रतिपर्धाको दिन विभिन्न गायक, डान्सर तथा सहित्यकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies