/  Fri, January 18, 2019

भरतपुर आँखा अस्पतालमा एक लाख ७१ हजारको आँखा उपचार

चितवन। भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ । अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोर्खा र तनहुँमा आँखा शिविर गरिएको घिमिरेले बताए । ती जिल्लामा अस्पतालले वर्षभरमा ७६ वटा एक दिने शिविर र १६ वटा सर्जिकल शिविर सञ्चालन गरेको थियो ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ । आव २०७३/०७४ मा एक लाख ३४ हजार ९७९ जना आँखाका बिरामीको परीक्षण गरेको थियो । अस्पतालले मुख्य अस्पतालसहित भरतपुर हाइटमा बहिरङ्ग विभाग र नौ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिइरहेको छ । रासस

भदौ २१ गते, २०७५ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालढुङ्गा बस दुर्घटना अपडेटः १० गम्भीर घाइतेको हेलिकप्टरमा उद्धार

गलकोट। कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको...   

प्रजातान्त्रिक सेनानी रावलको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो...   

शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   
आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

काठमाडौं । आईएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालो धन विदेशमा राख्ने नेपालीको सूचीमा आफू...   
ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

भनिन्छ युवाहरू देशको शक्तिशाली कर्णधार हुन् । अनि, युवाहरू नै समाजको अग्रगामी गतिका लागि अनिवार्य...   

प्रतिनिधिसभाद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदित

काठमाडौँ। प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन...   
अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

काठमाडाैं । नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक नेपालका सबै चलचित्रप्रेमीहरुको...   
व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ। चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा...   

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ। काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु...   
सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम। सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top