Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विश्वको एक चौथाइ जनसङ्ख्या गम्भीर रोगको जोखिममा, डब्ल्यूएचओले दियाे यस्ताे चेतावनी

पर्याप्त मात्रामा सक्रिय नभएका कारण विश्वको एक चौथाइभन्दा बढी मानिसहरू गम्भीर रोगहरूको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। डब्ल्यूएचओको एउटा अध्ययन प्रतिवेदन अनुसार विश्वको १ अर्ब ४० करोड जनसङ्ख्याले पर्याप्त शारीरिक व्यायाम गर्दैन र सन् २००१ यता यो अवस्थामा खासै प्रगति देखिएको छैन। शारीरिक रूपमा निष्क्रिय हुँदा मुटुसम्बन्धी रोग, मधुमेह र केही प्रकारका क्यान्सरजस्ता कैयौँ रोग हुने जोखिम हुन्छ। ब्रिटेनसहित उच्च आय भएको देशका मानिसहरू थोरै शारीरिक व्यायाम गर्ने गरेको पाइएको छ। एशियाका दुई क्षेत्रमा बाहेक विश्वभरि महिलाहरू अझ बढी निष्क्रिय रहेको पाइएको सो अध्ययनले उल्लेख गरेको छ। डब्ल्यूएचओका अनुसन्धानकर्ताहरूले शारीरिक क्रियाकलापबारे १६८ वटा देशमा जनसङ्ख्यामा आधारित आफैँले तयार पारेको ३५८ वटा सर्वेक्षणलाई हेरेका हुन्। ती सर्वेक्षणहरूमा १९ लाख जनसङ्ख्या सामेल थियो। अध्ययन प्रतिवेदन ल्यान्सेट पब्लिक हेल्थ नामक जर्नलमा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूका अनुसार उच्च आय हुने ब्रिटेन र संयुक्त राज्य अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय हुने जनसङ्ख्या सन् २००१ मा ३२ प्रतिशत रहेकोमा सन् २०१६ मा बढेर ३७ प्रतिशत पुगेको पाइएको छ। कम आय हुने देशमा त्यस्तो जनसङ्ख्या १६ प्रतिशतसहित स्थिर रहेको पाइएको छ। निष्क्रिय भनिएकाहरूले हप्तामा १५० मिनेट जति मध्यम खाले शारीरिक व्यायाम अथवा मेहनत हुने खालको ७५ मिनेटसम्मको व्यायाम गर्ने गरेको प्रतिवेदनले जनाएको छ। जर्मनी, न्युजिल्याण्ड र संयुक्त राज्य अमेरिका लगायतका मुलुकमा मानिसले शारीरिक व्यायाम गर्ने क्रम चाहि बढ्न थालेको छ। पूर्वी र दक्षिण-पूर्वी एशियामा बाहेक महिलाहरू पुरुषको तुलनामा महिलाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ। दक्षिण एशिया, मध्य एशिया, मध्य-पूर्व, उत्तर अमेरिका र उच्च आय हुने पश्चिमा मुलुकहरूबीच ठूलो भिन्नता देखिएको छ। बच्चाहरूको रेखदेख गर्नुपर्ने अतिरिक्त जिम्मेवारी र सांस्कृति चालचलन लगायत विभिन्न कारणले शारीरिक व्यायाम गर्न त्यहाँका महिलाले समय पाउन गाह्रो हुने गरेको जस्तो देखिएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। धनी देशहरूमा निष्क्रिय रहने खालका जागिर र सोखहरूका साथै यातायातका लागि मोटरको प्रयोग लगायतका कारणले निष्क्रियता बढेको विज्ञहरूको निष्कर्ष छ। कम आय हुने मुलुकका मानिसहरू आफ्नो जागिरमा सक्रिय हुनुका साथै हिँडडुल गर्ने अथवा सार्वजनिक यातायातको प्रयोग गर्ने देखिएको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies