Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

काठमाडौँ, ५ भदौ । पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय काठमाडाँैमा निवेदन दिएका छन् । काठमाडौँमा ५१ हजार २०६ मोही छन् । तीमध्ये ५० हजार ५०० ले मोही जग्गा बीचको विवाद सुल्झाउन निवेदन दर्ता गराएको भूमिसुधार कार्यालय काठमाडाँैका भूमिसुधार अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए । दर्ता भएका निवेदनमध्ये तीन हजार ८०० जनाको मोही र जग्गाधनी बीचको विवाद सुल्झाएको बताउँदै उहाँले बाँकीको निवेदनलाई पनि चाँडै नै सुल्झाउने जानकारी दिए । जग्गा माथिको द्वैध स्वामित्व अन्त्य गर्नका लागि सरकारले गत वर्ष भदौ ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यही भदौ ४ गतेसम्म मोही र जग्गाधनीलाई मोहीको जग्गाका बारेमा निवेदन माग गरेको थियो । मोही र जग्गाधनीले निवेदन दिइसकेपछि जिल्ला मालपोत कार्यालयको जग्गाको स्रेस्ता र जिल्ला नापी कार्यालयको फिल्डबुकसँग भूमिसुधार कार्यालयको अनुसूचीमा भएको व्यवस्थाअनुसार मोही र जग्गाधनीको मोही जग्गा छुट्याउने बताउनुभयो । भूमिसुधार ऐन–२०२१ अनुसार मोही लाग्ने जग्गामा सरकारले मोही र जग्गाधनी बीचको विवाद हटाउनका लागि अहिले निवेदन माग गरेको हो । २०५३ सालमा ऐन संशोधन गरी मोहियानी हक लाग्ने जग्गामा मोही र जग्गाधनीलाई आधाआधा दिने व्यवस्था भएअनुसार सरकारले दुवैलाई आधाआधा दिएर विवाद मिलाउन थालेको हो । विसं २०५३ सालभन्दा अगाडि भने मोहीलाई एक चौथाइ जग्गा मात्र दिइने गरिन्थ्यो । २०५४ सालयता दर्ता भएका जग्गामा भने मोहियानी हकको व्यवस्था गरिएको छैन । सबैभन्दा बढी कीर्तिपुर, साँखु, नाङ्लेभारमा मोहियानी हकका जग्गा रहेका पाइएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies